व्यवसायमा मनी होइन, मन चाहिन्छ

प्रतिस्पर्धामा उत्रिएको घोडाजस्तै गरी निरन्तर दौडिएर सफल बनेका व्यवसायी हुन्, सुदर्शन बस्नेत । २२ वर्षको उमेरदेखि घोडाकै रफ्तारमा व्यवासयमा दौडिरहेका छन् उनी । र, अहिले पनि उनको यात्रमा कहीँ ‘ब्रेक’ लागेको छैन । २० वर्षअघि बुबासँग व्यवसाय सुरु गर्छु भन्दै १० हजार रुपैयाँ लिएका बस्नेत आज करोडौँ रुपैयाँका मालिक बनेका छन् ।

‘प्रतिस्पर्धामा दौडने सबै घोडा सफल हुँदैनन्, सफल त्यो घोडा मात्रै हुन्छ, जो निरन्तर दौडिरहन्छ,’ युवा व्यवसायी सुदर्शन बस्नेतको मूलमन्त्र हो यो । त्यस्तै हो, व्यवसाय गर्ने मानिसको जीवन पनि । सबै व्यवसायमा सफल होइँदैन, निरन्तर सङ्घर्ष गर्दै जाँदा सफलता अवश्य मिल्छ ।

प्रतिस्पर्धामा उत्रिएको घोडाजस्तै गरी निरन्तर दौडिएर सफल बनेका व्यवसायी हुन्, बस्नेत । २२ वर्षको उमेरदेखि घोडाकै रफ्तारमा व्यवासयमा दौडिरहेका छन् उनी । र, अहिले पनि उनको यात्रमा कहीँ ‘ब्रेक’ लागेको छैन । २० वर्षअघि बुबासँग व्यवसाय सुरु गर्छु भन्दै १० हजार रुपैयाँ लिएका बस्नेत आज करोडौँ रुपैयाँका मालिक बनेका छन् ।

‘यो सफलता मैले त्यति सजिलै हात पारेको होइन । यहाँसम्मको यात्रा गर्न मैले धेरै दुःखकष्ट झेल्नुपरेको छ,’ बस्नेत विगत सम्झिन्छन्, ‘आफ्नो कामप्रति दत्तचित भएर लागिपरेकै कारण सफलता मिलेको हो ।’ बस्नेतको पारिवारिक ब्याकग्राउन्ड बिजनेस होइन । उनी आफैं पहिलो पुस्ता हुन् बिजनेसमा । त्यसैले पनि होला, परिवारको त्यति ठूलो सहयोग रहेन व्यवसायलाई अघि बढाउन । ‘व्यवसाय भन्ने के हो ? कसैले पनि बुझेका थिएनन्, त्यही भएर पनि होला सायद, धेरै सहयोग पाइनँ,’ उनले भने ।

बस्नेतले २०५४ सालमा अकुपन्चरमा ग्य्राजुएट सकेपछि र सुरु गरे जागिरे जीवन । तर, उनलाई लागेको थियो, जागिर होइन, आफैले  केही गर्नुपर्छ । त्यही भएर बुबासँग १० हजार रुपैयाँ मागेर पहिलो पटक बस्नेतले २०५५ सालमै ललितपुरमा अकुपन्चर सेवा केन्द्र खोले । एकातिर जागिरे जीवन चल्दै थियो, सँगै व्यवसाय पनि ।

‘भाग्यले साथ नदिएको भनौं अथवा आफूले चलाउन नजानेको–आफैले सुरु गरेको पहिलो व्यवसायले मलाई लामो समय साथ दिएन । त्यति राम्रोसँग चलेन,’ उनले भने, ‘पहिलो व्यवसायबाट विश्राम लिएँ ।’

त्यो बेला उनको जागिरे जीवन चल्दै थियो । तर, आफ्नो व्यवसाय बन्द भयो । उनको मन मानेन । फेरि उनलाई त्यही बिजनेस अर्को ठाउँमा गर्न मन लाग्यो । पर्याप्त मात्रामा समय नदिएकै कारण पहिलो बिजनेस बन्द गर्नुपरेको निष्कर्षसहित बस्नेतले जागिर छोडे । र, २०५६ सालमा त्रिपुरेश्वरमा वैकल्पिक उपचार सेवा केन्द्र सुरु गरे ।

व्यवसाय छाड्दा उनीसँग आत्मविश्वास थियो – केही गर्छु भन्ने । तर, परिवारसँग छोराले केही गर्छ भन्ने आत्मविश्वास भने थिएन । ‘जागिर छाडेकोमा बुबा र आमाले नराम्रो मान्नुभएको थियो । म अलि जिद्दी स्वभावको भएकाले पनि होला– गर्छु भनेपछि कसैको केही लागेन,’ उनले भने, ‘पहिलो बिजनेस सुरु गर्दा बुबाले १० हजार रुपैयाँ दिनुभएको थियो । तर, दोस्रो बिजजेस सुरु गर्दा एक रुपैयाँ पनि दिनुभएन । सायद, डुबाउँछ भनेर होला ।’

उनीसँग पहिलो बिजनेस सुरु गर्दाका केही इक्विपमेन्ट बाँकी थिए । बस्नेतले तिनलाई पुनः प्रयोगमा ल्याए । त्यसबाट करिब १२ हजार रुपैयाँ जोगिएको उनी बताउँछन् । ‘त्यसपछि साथीसँग १५ हजार रुपैयाँ ऋण खोजेर व्यवसाय सुरु गरँे,’ उनले भने ।

हरेक मान्छेको जीवनमा सुखदुःख दुवै आउँछन् । कसैलाई सुख अघि र दुख पछि आउँछ । तर, बस्नेतको जीवनमा दुःख पहिले आयो, त्यसपछि सुख । दोस्रो बिजनेस सुरु भयो, त्यसले सफलता हात पार्दै गएसँगै बस्नेतका दुख सकिए ।

बस्नेतको अथक मेहनत र उपचार केन्द्रमा आउने बिरामीलाई गर्ने उनको हेरचाहका कारण ग्राहकको सङ्ख्यामा कुनै कमी आएन । दोस्रो व्यवसायबाट बस्नेतको प्रगतिकोे ग्राफ उकालो चढ्न सुरु ग¥यो ।

त्रिपुरेश्वको सेवा केन्द्र चल्दै थियो । त्यतिखेर बस्नेतले केही साथीसँग मिलेर २०६७ सालमा बाँसबारीमा वेलनेस अस्पताल पनि सुरु गरे । यससँगै बस्नेतका एउटाबाट दुई जिम्मेवारी थपिए । उनले दुईओटै अस्पतालको अध्यक्षको जिम्मेवारी लिएर अघि बढे । त्यो बेला त्रिपुरेश्वरको अस्पताल स्थापित भइसकेको थियो । त्रिपुरेश्वरमा बिरामीको चाप पनि बढ्दै थियो । बस्नेतले त्यहाँ आउने बिरामीलाई बाँसबारी अस्पताल पठाउँथे । त्यसो हुँदा दुवै अस्पताल बस्नेतले सोचेअनुरुप नै अघि बढेको उनको भनाइ छ ।

राम्रोसँग अघि बढ्दै गएको वेलनेस अस्पताल पछि बाटो विस्तारको सिकार बन्यो । धेरै ठाउँ बाटोको भागमा प¥यो । ‘त्यसपछि पनि हामीले जेनतेन व्यवस्थापन गरेर चलाउँदै आयाँै । फेरि पछि भूकम्पको पनि सिकार हुन पुग्यो वेलनेस अस्पताल । त्यहीबीचमा पटर्नसिपमा पनि केही समस्या देखिन थाल्यो,’ उनले भने, ‘मैले सेयर होल्डरहरुलाई मेरो सेयर बेचेर बाहिरिएँ । तर, त्यहीबीचमा हामीले चैतन्य मेडिस्पा खोलिसकेका थियाँै । म त्यो बेला त्रिपुरेश्वरको अस्पताल, बाँसबारीको अस्पताल र चैतन्यको अध्यक्षको जिम्मेवारी लिएर अघि बढिरहेको थिएँ ।’

तर समय बित्दै जाँदा वेलनेसका साथीसँगको पाटर्नरसिपमा समस्या आआयो । त्यसपछि बस्तेनले त्यहाँबाट बिदा लिए र चैतन्यमा मात्र आफ्नो ध्यान केन्द्रित गरे । त्यहीबीचमा बस्नेतको मनमा एउटा कुरा उब्जियो, ‘अब एकल स्वामित्वमा एउटा राम्रो अस्पताल खोल्छु ।’

उनी चैतन्यमा राम्रोसँग काम गरिरहेकै बेला २०७२ सालमा बानेश्वरमा सुस्वास्थ्य अस्पताल खोल्ने भनेर दर्ता प्रक्रियामा लागे । संयोगवश बानेश्वरको मीनभवनमा जग्गासमेत मिल्यो । र, आफ्नै लगानीमा सुस्वास्थ्य अस्पताल स्थापना गरे ।

उनले आफ्नै अस्पताल स्थापना गरेपछि चैतन्यका सेयरहोल्डरबीच पनि खटपट सुरु भयो । ‘किनकि मैले धेरैजसो समय सुस्वास्थ्यलाई दिन थालेर पनि समस्या आएको होला । त्यसपछि म आफंैले मेरो सेयर तपाईंहरु किन्नुहोस् भनेर प्रस्ताव गरेँ । र, म त्यहाँबाट पनि बाहिरिएँ,’ उनले विगत सम्झिए ।

नेपाली युवामा दिगो पाटर्नरसिप एउटा ठूलो समस्या रहेको उनको भनाइ छ । काम गर्नेबित्तिकै प्रतिफल खोजिहाल्छन्, नेपाली युवा । आफैं काम गर्दा तुरुन्त प्रतिफल खोज्ने होइन, बरू केही पर्खनैपर्ने उनी बताउँछन् । ‘यो वर्ष काम थालेर अर्को वर्ष त्यसको प्रतिफल खोजिहाल्ने प्रवृत्ति राम्रो होइन । प्रतिफलका लागि केही वर्ष पर्खनैपर्छ,’ उनले भने, ‘प्रतीक्षाको फल मीठो हुन्छ ।”

अहिले आफू सफल युवा उद्यमी हुनुमा उनले एउटै कारण मान्छन् । त्यो हो– निरन्तरको सङ्घर्ष । ‘म पनि अन्य नेपालीजस्तै दुई चार वर्ष काम थालेर प्रतिफल आएन भनेर छाडेर गएको भए अहिले म यो अवस्थामा हुने थिइनँ । म पनि अरुजस्तै जागिरे भएर बस्थँे अथवा विदेश पुगिसक्थेँ ।’
दोलखामा सामान्य किसान परिवारमा हुर्केका बस्नेत जोखिम मोलेर काम अगाडि बढाएपछिको सफलताको मज्जा नै भिन्न हुने बताउँछन् । ‘त्यसकारण जोखिम मोलेर बुद्धिमतापूर्वक काम गर्नु आवश्यक छ,’ उनले अन्तिममा जाँदाजाँदै हामीलाई नै प्रश्न गरे, ‘हो कि होइन ?”