एफएनसीसीआई र भ्रष्टाचारको विषयान्तर

पछिल्लो प्रकरणले महासङ्घभित्र हुर्कँदै गरेको भ्रष्टाचारलाई मलजल गरेको छ । महासङ्घको सदस्य भएर गोपनीयताको शपथ लिएपछि भ्रष्टाचारजन्य सूचना पनि लुकाउने भन्ने हुँदैन । त्यसो हो भने, यो त ‘राणाशासन’ भइहाल्यो नि !

निजी क्षेत्रका समस्याबारे बुलन्द आवाज उठाउने र समस्या समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था हो— नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) । यो संस्था अहिले भ्रष्टाचारका कारण चर्चामा छ ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासङ्घअन्तर्गत रहेको कृषि उद्यम केन्द्रमा भएको भ्रष्टाचार सार्वजनिक गरेको भन्ने आरोप लागेपछि महासङ्घको बेथितिबारे चर्चा सुरु भएको छ । सरकारले निजी क्षेत्रलाई विश्वास गरेर दिएको परियोजनामा भएको भ्रष्टाचारले महासङ्घ, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि तानेको छ ।

महासङ्घले भ्रष्टाचार सम्बन्धमा समिति गठन गर्नु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि उद्यम केन्द्रमा भएको भ्रष्टाचारबारे चासो लिनुले पनि महासङ्घभित्रको मौलाउँदो भ्रष्टाचारलाई सङ्केत गर्छ । सरकारलाई भ्रष्टाचारजस्तो गम्भीर अपराधमा औंला उठाउने महासङ्घ अन्ततः आँफै थलिएको मात्र छैन, निजी क्षेत्रको कार्यशैलीलाई पनि उदाङ्गो पारेको छ । भलै महासङ्घमा भएको भ्रष्टाचारजस्तो जघन्य अपराधको विषयवस्तु अर्कोतिर मोड्नलाई ‘टेप प्रकरण’ अघि सारिएको छ । कुनै पनि मूल्यमा महासङ्घभित्र हुने भ्रष्टाचारको चिरफार हुनु आवश्यक छ ।

भ्रष्टाचार भएको भनेर आफूले दिएको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएपछि महासङ्घका कोषाध्यक्ष प्रधानले राजीनामा दिएका छन् । खासगरी महासङ्घको कुरा बाहिर ल्याएको भनेर उनलाई राजीनामा गर्न बाध्य पारिएको हो । यद्यपि, उनी महासङ्घमै बसेर कानुनी उपचार खोज्ने पक्षमा थिए । भ्रष्टाचारजस्तो विषयमा उनले कुरै गरिसकेपछि खुलेर कुरा गर्नुपर्थ्याे र आफ्नो एजेन्डा स्थापित गर्न सक्नुपर्थ्याे । तर, उनले एकाएक राजीनामा दिए । राजीनामा दिएपनि उनको सामर्थ्य र महासङ्घको राजनीतिक लाभहानि भ्रष्टाचार भएको हो वा होइन भन्ने कुराले निर्धारण गर्ने छ ।

पछिल्लो प्रकरणले महासङ्घभित्र हुर्कँदै गरेको भ्रष्टाचारलाई मलजल गरेको छ । महासङ्घको सदस्य भएर गोपनीयताको शपथ लिएपछि भ्रष्टाचारजन्य सूचना पनि लुकाउने भन्ने हुँदैन । त्यसो हो भने, यो त ‘राणाशासन’ भइहाल्यो नि !

महासङ्घले भ्रष्टाचार सम्बन्धमा समिति गठन गर्नु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि उद्यम केन्द्रमा भएको भ्रष्टाचारबारे चासो लिनुले पनि महासङ्घभित्रको मौलाउँदो भ्रष्टाचारलाई सङ्केत गर्छ । सरकारलाई भ्रष्टाचारजस्तो गम्भीर अपराधमा औंला उठाउने महासङ्घ अन्ततः आँफै थलिएको मात्र छैन, निजी क्षेत्रको कार्यशैलीलाई पनि उदाङ्गो पारेको छ । भलै महासङ्घमा भएको भ्रष्टाचारजस्तो जघन्य अपराधको विषयवस्तु अर्कोतिर मोड्नलाई ‘टेप प्रकरण’ अघि सारिएको छ । कुनै पनि मूल्यमा महासङ्घभित्र हुने भ्रष्टाचारको चिरफार हुनु आवश्यक छ ।

पछिल्लो समयमा मुलुकमा हरक्षेत्रमा द्वैध चरित्रले काम गर्न थालेको छ । त्यसैको एउटा प्रकरण हो, महासङ्घभित्र मौलाउँदो भ्रष्टाचार । मुलुकको अर्थतन्त्रका हरेक कोणहरुमा दलालहरुको रजगज देखिन्छ । यसबाट सञ्चारमाध्यम र सञ्चारकर्मीहरु पनि अछुतो रहने कुरै भएन । सञ्चारमाध्यम र सञ्चारकर्मीले के गर्नहुन्छ के हुँदैन भन्ने हेक्का राख्न छाडेका छन् । उनीहरुले आफूलाई ‘तेस्रो ग्रह’बाट आएको प्राणीका रुपमा चित्रित गर्न खोजिरहेका छन् । पैसाका लागि यहाँ पत्रकारिता जसरी पनि चल्ने अवस्था आएको छ । थाहा छैन, नेपाली पत्रकारिता आगामी दिनमा कसरी चल्छ । तर, अहिले पत्रकारिता सङ्क्रमणमा फसेको छ ।

सबै क्षेत्रमा पछिल्लो समय देखिएको अर्को रोग हो, एउटाको कुरा काटेर आफू राम्रो छु भन्ने देखाउने हाेड । यसमा गलत गर्नेहरु पनि सुरुमा ठुल्ठूला कुरा गर्ने र आफू चोखो छु भन्ने देखाउने प्रवृत्ति बढ्दो छ । यस्तो अभ्यास के व्यवसायी, के पत्रकार, के राजनीतिज्ञ सबै क्षेत्रमा मौलाउँदो छ ।

महासङ्घमा प्रवेश गरेको अडियो टेप पत्रकारितामा पछिल्लो समय मौलाएको छाडापनको प्रतीक हो । यो सूचनाको स्रोतको व्यापक दुरुपयोग हो । यस्तो हुनु पत्रकारिताकै लागि लज्जाको विषय हो । यसले पत्रकारितालाई झनै सङ्कटमा धकेलिरहेको छ । यस कार्यले सूचनाको स्रोतको पहुँचमा कमी ल्याइरहेको मात्र होइन, पत्रकारिता पनि मृत प्रायः बन्दै गइरहेको छ । पछिल्लो चरणमा सतहमा आएका पत्रकारिताको अभ्यासले सूचनाको स्रोत मर्दैछ । यसले पत्रकारितालाई अझ कठिन बनाएको छ । किन हुँदैछ प्रेसमाथि शृङ्खलाबद्ध चौतर्फी आक्रमण ? किन पत्रकार भन्नेबित्तिकै संसयको दृष्टिले हेरिन्छ ? सञ्चारकर्मी र सञ्चारमाध्यममा किन यसरी आक्रमण भइरहेको छ भन्ने बारेमा सम्बन्धित पक्षहरु सचेत हुने बेला भएन र ? पत्रकारिता एउटा व्यवसाय हो भने त्यसलाई मर्यादित बनाउनु हामी सबैको दायित्व होइन र ? जसका विषयमा समाचार लेखिएको छ, त्यसैसँग भेट्न सञ्चार उद्यमीसँग निम्छरो संवाददाता पठाउने सम्पादकहरुको प्रयोगले नेपालको पत्रकारितालाई कता लैजाला ?

बैङ्क तथा वित्तीय संस्थामा बैङ्कर र उद्योगको लगानीकर्ता हुँदा धेरै व्यवसायी समस्यामा फसेका छन् । उद्योगी÷व्यवसायीका तर्फबाट बैङ्कको ब्याजदर घटाउन लबिङ भइरहेको छ भने, उता बैङ्क तथा वित्तीय संस्थामा सञ्चालक भएर ब्याजदर नघटाउन बैङ्करहरुलाई दबाब सिर्जना गरिरहेका छन् । विभिन्न बहाना बनाएर उच्च ब्याजदर कायम राख्न भरमग्दुर प्रयासमा छन् । अर्कोतिर ब्याजदर घटाएनन् भनेर सरकारलाई गुहार माग्न थालिएको छ । निजी क्षेत्र कस्तो रणनीतिमा छ भन्ने बुझ्न अहिले कठिन छ । त्यस्तै अवस्था सञ्चारमाध्यमका लगानीकर्ता र सञ्चारकर्मीको देखिन्छ । आफू लगानीकर्ता कि पत्रकार भन्ने पिरलोले धेरै पत्रकारहरु असमञ्जसमा छन् । खासगरी साना सञ्चारमाध्यममा यो रोगले जरा गाड्दै गएको छ । कुनै पनि सञ्चारमाध्यमले क–कसको समाचार लेख्ने र कसको नलेख्ने भन्ने विधि बनाएका छैनन् । आफूलाई फाइदा नभएसम्म विपक्षमा र फाइदा हुन थालेपछि पक्षमा समाचार लेख्ने÷लेखाउने प्रचलन बढ्दो छ । यसले सञ्चारक्षेत्रको गरिमालाई घटाउँदै लगेको छ ।

सबै क्षेत्रमा पछिल्लो समय देखिएको अर्को रोग हो, एउटाको कुरा काटेर आफू राम्रो छु भन्ने देखाउने हाेड । यसमा गलत गर्नेहरु पनि सुरुमा ठुल्ठूला कुरा गर्ने र आफू चोखो छु भन्ने देखाउने प्रवृत्ति बढ्दो छ । यस्तो अभ्यास के व्यवसायी, के पत्रकार, के राजनीतिज्ञ सबै क्षेत्रमा मौलाउँदो छ ।

 

विभिन्न बहाना बनाएर उच्च ब्याजदर कायम राख्न भरमग्दुर प्रयासमा छन् । अर्कोतिर ब्याजदर घटाएनन् भनेर सरकारलाई गुहार माग्न थालिएको छ । निजी क्षेत्र कस्तो रणनीतिमा छ भन्ने बुझ्न अहिले कठिन छ । त्यस्तै अवस्था सञ्चारमाध्यमका लगानीकर्ता र सञ्चारकर्मीको देखिन्छ ।

 

ठूलादेखि साना सबै सञ्चारगृहमा पत्रकारले पहिलो पाउने गृहकार्य हो, फलानाको बारेमा लेख्नुपर्यो । वा, फलानाले अरुलाई विज्ञापन दिइरहेको छ, हामीलाई दिएन, त्यसलाई एक पटक ठोक्नु पर्यो । यसबारेमा कोही कसैले आँखा तर्नु पर्दैन, यो ‘ओपन सेक्रेट’ विषय हो । व्यक्ति वा कम्पनीका लागि जुनसुकै मूल्यमा ठोक्न र बोक्न तयार हुने समूह पत्रकारितामा हाबी हुँदै गएको छ । हामीलाई नटेर्ने ? भनेर नानाथरीका कुरा सतहमा आउँछन् । व्यावसायिक घरानाहरु पनि कम्तीका छैनन् । उनीहरु पनि आफ्नाविरुद्ध लेख्ने वा विषयवस्तु प्रस्तुत गर्नेहरुको मुख बुजो लगाउन केन्द्रित हुन थालेका छन् । त्यसले पनि कतिपय सञ्चारमाध्यम भएको/नभएको विषयवस्तु उठान गर्नेतर्फ आकर्षित हुने गरेका छन् र गलत अभ्यास हुन थालेको छ ।

व्यक्तिगत चाहना/आकाङ्क्षा सबैका हुन्छन् । ती व्यक्तिगत चाहना र आकाङ्क्षाहरु पूरा गर्ने थलो पत्रकारिता हुँदै होइन । त्यसलाई बनाउनु पनि हुँदैन । तर, आफूले पाउनुपर्ने न्यूनतम सुविधा माग्न पछि हट्न पनि हुँदैन ।

मुलुकमा भ्रष्टाचारका कुनै न कुनै प्रकरणमा पत्रकारहरु पनि जोडिने गरेका छन् । पत्रकारहरुले पनि पक्ष वा विपक्षमा आफ्ना तर्कहरु राखेर जोगाउने वा फसाउने खेती गरिरहेको पाइन्छ । तर, अहिलेसम्म कोही पत्रकार पनि भ्रष्टाचार प्रकरणमा मुछिएका छैनन् । त्यसले पनि पत्रकारहरु बढी नै उद्दण्ड बन्दै गएका छन् ।

पत्रकारिताकै कुरा गर्ने हो भने, शालीनदी मेलालाई एउटा उदाहरणका रुपमा लिऊँ—
स्वस्थानी व्रतकथाका कारण अहिले त्यहाँ एकमहिने मेला लागिरहेको छ । धार्मिक कार्यका लागि नुहाउँदै गरेका महिलाहरुको भिडियो तथा फोटो अनलाइन पत्रिका, सामाजिक सञ्जाल र युट्युब च्यानलहरुमा छाउन थालेका छन् । यस्ता विषयमा सञ्चारमाध्यम विशेष सतर्क हुनुपर्नेमा उल्टो त्यसलाई धार्मिकभन्दा पनि विषयान्तर गरेर प्रस्तुत गरिरहेको पाइन्छ । यसतर्फ सम्बन्धित निकायले चनाखो गरी हेर्ने र आवश्यकताअनुसार कारबाही गर्नु जरुरी छ ।