थाई एयर एसियाले नेपाल उडानका लागि प्रक्रिया थाल्यो

थाई एयर एसियाले नेपाल उडानको अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदनसमेत दिएको छ । नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पनि थाई एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।

एयर एसिया गु्रपअन्तर्गत थाई एयर एसियाले थाइल्यान्डको बैङ्ककबाट नेपालमा उडानका लागि प्रक्रिया थालेको छ ।

थाई एयर एसियाले नेपाल उडानको अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदनसमेत दिएको छ । नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पनि थाई एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।

नेपालसहित भारत, श्रीलङ्का तथा बङ्गलादेश हेर्ने एयर एसिया गु्रपका जनरल म्यानेजर सुरेश नायरले प्राधिकरणलाई पत्र पठाउँदै बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि अनुमति दिनसमेत पत्राचार गरेको छ ।

थाई एयर एसियाले विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘प्राधिकरणलाई पठाएको पत्र विमानस्थल कार्यालयमा आएको छ,’ उनले भने । थाई एयर एसियाको टोलीले नेपालमा उडान गर्नुअघि विमानस्थलको सुरक्षा मूल्याङ्कन गर्न पाँच वटा पास पनि मागेको उनले बताए ।