सपनाले डोर्याएको सफलता

क्याप्टेनको भूमिका निर्वाह गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओहोरदोहोर गर्दा उनले पाएको सलाम र सम्मानले उनमा कताकता भविष्यमा क्याप्टेन बन्न पाए हुन्थ्यो भन्ने इच्छा मनमा कतै अङ्कुराएको थियो ।

अक्सर मानिसहरुले सपना देखिरहेकै हुन्छन् । तर विपनामा ती साकार नहुँदा उनीहरुले त्यति गुनासो गर्दैनन् । सपनामा देखेका कुरा विपनामा साकार बनाउनेतर्फ विरलै लाग्छन् । तर नेपाल एयरलाइन्सका सिनियर पाइलट तथा प्रवक्ता विजय लामा त्यस्ता व्यक्ति हुन्, जसले सपनालाई साकार बनाएरै छाडे । त्यसका लागि उनले जीवनमा अनेक हन्डरठक्कर त खाए नै, सङ्घर्षहरुसँग जुध्दै सफलता हासिल गरेरै छाडे ।

ललितपुर स्थायी घर भएका ५५ बर्से लामा सामान्य परिवारमा जन्मिएका हुन् । उनको पारिवारिक अवस्था छोरालाई पाइलट पढाउन सक्ने किसिमको थिएन । बाबु हेम लामाले सामान्य व्यवसाय सञ्चालन गर्थे । त्यसैबाट घरखर्च चलिरहेको थियो । राजधानीमै जन्मिएका कारण विजयले शिक्षाको अवसरबाट वञ्चित भने हुनुपरेन । पढाइलाई उनले एकातिर अघि बढाइरहेका थिए भने सँगै फिल्मी क्षेत्रमा पनि लागिरहेका थिए । फिल्ममा उनी प्रायः पाइलटको भूमिकामा पर्थे । क्याप्टेनको भूमिका निर्वाह गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओहोरदोहोर गर्दा उनले पाएको सलाम र सम्मानले उनमा कताकता भविष्यमा क्याप्टेन बन्न पाए हुन्थ्यो भन्ने इच्छा मनमा कतै अङ्कुराएको थियो ।

यती एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पासँग बढी प्रभावित छन्, विजय । शेर्पाको मिहिनेत र दृष्टिकोणकै कारण पर्यटकीय क्षेत्रको विकास र दुर्गममा हवाई क्षेत्रको विस्तार भएको उनको दाबी छ ।

फिल्मको सुटिङ चलिरहेकै थियो । एक रात सपनामा विजयले आफू पाइलट बनेको र जहाज उडाइरहेको देखे । बिहानै आमालाई सपनाबारे जानकारी गराए । आफू पनि पाइलट बन्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरे । तर बुबालाई भन्ने आँट भने गर्न सकेनन् । उनकी आमाले बाबुलाई यसबारे केही जानकारी गराइछन् क्यार । केही दिनपछि बुबाले बोलाएर ‘तिमी पाइलट पढ्ने हो भने आवश्यक प्रक्रिया बुझ, म पैसाको व्यवस्था गरौंला’ भने ।
त्यसपछि विजयमा खुसीको सीमा रहेन ।

बुबाको आश्वासनपछि आमा र उनी तत्कालीन पाइलट विजय गिरीको घरमा आवश्यक प्रक्रिया बुझ्न गए । उनले अमेरिकामा रहेको इन्स्टिच्युटको सम्पर्क नम्बर र केही आवश्यक पुस्तक दिए । त्यो बेला अमेरिकामा फोन गर्न १ सय ८० रुपैयाँ जम्मा गर्नुपथ्र्यो र ३ मिनेट कुरा गर्न पाइन्थ्यो । उनले ३ मिनेटभित्रमा आफ्नो सबै जानकारी गराएपछि अमेरिका जान तयारी भए ।

पाइलटको फुल कोर्स गर्न त्यो बेला १० देखी १२ हजार डलरसम्म  लाग्थ्यो । २ सय ५० रुपैयामा अमेरिकाको भिसा पाइन्थ्यो । । केही डलर र ट्राभलर्स चेक लिएर अमेरिका उडेका लामासँग विमानस्थलमा पुग्दा मात्र १ सय ५० डलर मात्र बाँकी थियो । थोरै डलर भएका कारण विमानस्थलको अध्यागमनले फिर्ता पठाउँछ कि भन्ने डर थियो । तर उनलाई एक वर्षको फिसा लगाइदियो ।

पहिलो पटक अमेरिका पुगेका लामालाई त्यो बेला लाग्यो, अमेरिका फिल्ममा देखे जस्तो रहेनछ । त्यहाँको व्यस्त जीवनशैली र कडा परिश्रम देख्दा उनी अचम्भित बने ।

पहिलो पटक अमेरिका पुगेका लामालाई त्यो बेला लाग्यो, अमेरिका फिल्ममा देखे जस्तो रहेनछ । त्यहाँको व्यस्त जीवनशैली र कडा परिश्रम देख्दा उनी अचम्भित बने । पाइलट कोर्स अध्ययनका लागि केही समय उनी सिनियर दाइ दिपाल शेरचन सँग बसे । त्यहाँ भेटिएका धेरै नेपालीमध्ये शेरचनले उनलाई आफ्नो साथमा बस्न आग्रह गरेका थिए । नयाँ ठाउँ र थोरै पैसा भएका कारण दिपालसँग बसेको उनको भनाइ छ । ‘जीवनमा उनले गरेको सहयोग कहिल्यै बिर्सन सक्दिनँ’, उनले भने ।

पाइलट कोर्स चलिरहेको थियो । उनी दिपालसँग छुट्टिएर अन्य साथीसँग बस्न थालेका थिए । तर ४/५ महिनामै उनीसँग भएको पैसा सकियो । एकातिर पाइलट कोर्स आधा पनि नभएको र घरबाट पैसा मगाउन सक्ने अवस्थामा नरहेका लामालाई ठूलो समस्या आइपर्यो । लामाले विकल्प सोचे, अब काम गर्दै पढ्नुपर्छ । उनी कामको खोजीमा लागे । पिज्जा हटमा काम पनि थाले । ग्रिनकार्ड नभएका कारण तत्काल जागिर नपाएका लामाले अन्तिममा वेटरको काम सुरु गरे । त्यो बेला उनको तलब करसहित घण्टाको २ डलर ७० सेन्ट थियो । काम र पढाइ चलिरहेको बेला एक दिन भाँडा माझ्ने मान्छे नआएको कारण उनले भाँडा माझ्नुपर्ने अवस्था आइप¥यो । पन्जा लगाएर भाँडा माझ्न नआएपछि उनले खाली हातले दिनभर भाँडा माझे । खाली हातले भाँडा माझ्नुपर्दा लामाको हात केमिकलले भित्रभित्र खाइसकेको थियो । साँझ धेरै हात पोलेपछि उनी रुन थाले । नेपालमा हुँदा एक दिन पनि भाँडा नमाझेका लामाले दिनभर रेस्टुराँमा भाँडा माझ्नुपर्यो । यसलाई उनले जीवनकै सबैभन्दा कष्टकर क्षणका रुपमा लिन्छन् । त्यहाँको कमाइले मात्र नपुग्ने अवस्था आएपछि रातको समयमा ग्यास स्टेसनमा सुपरभाइजर भएर पनि काम गरे लामाले ।

जस्तोसुकै दुःख र कठिनाइ आइपरे पनि भविष्यमा पाइलट बनेर आकाशमा उड्ने सपना बुन्दै कामलाई उनले निरन्तरता दिए । राति ग्यास स्टेसनमा काम, बिहान केही समय सुत्ने र दिउँसो रेस्टुराँमा काम गर्थे उनले । हरेक बिहीबार पैसा आउने भएकाले शुक्रबार र शनिबार त्यही पैसाले जहाज उडाउने, आइतबार रमाइलो गर्ने र सोमबारबाट पुनः काममा फर्किन्थे । ३/४ वर्षको अमेरिका बसाइपछि पाइलटको कोर्स पूरा गरेर नेपाल फर्किने निधो गरे उनी । अमेरिकामै रहँदा नेपालमा कयाप्टेन केदार पहाडीले सन् १८८७ मा नेपाल एयरलाइन्समा पाइलटका लागि फाराम भरिदिएका थिए । त्यसको ठीक एक वर्ष पछिबाट लामाले व्यावसायिक रुपमा नेपाल एयरलाइन्समा जहाज उडाउन सुरु गरे । उनलाई नेपाल एयरलाइन्समा पाइलटका रुपमा भिœयाउने पहाडी हाल दुबईको नागरिक उड्डयन प्राधिकरणको विशिष्ट तहमा कार्यरत छन् ।

जागिरे जीवन सुरु गरेका लामाले पाइलट भएपछि पनि धेरै दुःखपीडासँग पैंठेजोरी खेल्नुपर्यो । पाइलट बन्दा उनको तलब मासिक १ हजार २५ रुपैयाँ थियो । एयरलाइन्सभित्रका विभिन्न तालिम सम्पन्न गरेपछि भत्तासहित ४ हजार ५ सय रुपैयाँ तलब बुझ्न थाले । टेनिस खेलका प्रशिक्षक भएका कारण लामाले जहाज उडाउनुसँगै फुर्सदको समयमा खेल पनि खेलाउँथे ।

नेपाल एयरलाइन्सले ट्विनअटर जहाज चलाउन व्यवस्थापन पक्षले उनलाई धेरै समय  दिँदैनथ्यो । आन्तरिक रुपमा धेरै प्रतिस्पर्धा हुन्थ्यो । राजनीति हुन्थ्यो । त्यो बेलाको समयमा वर्षभरमा सबैभन्दा कम घण्टा जहाज उडाउने पाइलट लामा मात्र थिए । हुँदाहुँदै कमान्डको तालिममा पनि उनलाई सहपाठीभन्दा पछि पारियो । नेपाल एयरलाइन्सले बोइङमा  पनि उनले तत्कालै तालिम लिन पाएनन् । करिब ५ वर्षपछि मात्र उनले तालिम लिने अवसर पाए । एयरलाइन्स व्यवस्थापनले धेरै दुःख दिए पनि उनले कहिल्यै हार खाएनन् । झनै व्यवस्थापनले दिएका हरेक जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै अघि बढे ।

२५ वर्षसम्म आन्तरिक र बाह्य दुबै उडान भरे । बोइङ उडाउन थालेको पनि करिब डेढ वर्ष भइसक्यो । ‘सुरुमा मेरा सहपाठीहरुमध्ये सबैभन्दा कम समय बोइङ उडाउने मै थिएँ । त्यति बेला १ वर्षमा ६० घण्टा पनि उडाउन पाइनँ,’ उनले भने । आफूसँग क्षमता हुँदाहुँदै पनि पछि पर्दा कहिलेकाहीँ पीडा हुने उनको भनाइ छ । बोइङ ७५७ बाह्र बर्ष सम्म चलाएका लामाले ३ बर्ष एयरबस चलाए का लामा हाल सिंगापुरमा ३३० वाईडबडी जहाज को तालिम गरिरहेका छन् ।

‘तर धैर्य गरेपछि राम्रो हुन्छ भन्ने सोचबाट प्रेरित भएर म अघि बढें,’ उनले भने । समयक्रमसँगै एयरबस ३२० पनि ल्याइयो । यहाँ पनि सबै साथीहरुले तालिम छाड्दै हिँड्न थालेपछि मात्र उनलाई पठाइयो । तर उनले कुशलतापूर्वक तालिम सम्पन्न गरे । ‘भगवान् मेरो साथमा छन्, त्यसैले मलाई हरेक काममा सफलता मिलेको छ’, उनले भने । त्यसैले त अहिले उनी सबैभन्दा धेरै जहाज उडाउनेमध्ये पर्छन् । उनले लक नगरेको समय करिब २५/२६ हजार र लक गरेको समय १८/१९ घण्टा जहाज उडाएका छन् । हाल उनी पाइलट प्रशिक्षक पनि हुन् । साथै नेपाल एयरलाइन्सको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

आकाशमा उडान गरिरहँदा उनको मुहार सधैं हर्षित हुन्छ । ‘आफूसँग जति पीडा र दुःख भए पनि जहाज उडाउने क्रममा ती सबै बिर्सिन्छु,’ उनी भन्छन् । उनीसँग यात्रा गर्ने यात्रुले पनि सुरक्षित एवम् खुसी मान्छन् । यात्रुहरुलाई उनले भन्ने गरेका छन्, ‘तपाईंहरु वर्षको १÷२ पटक यात्रा गर्ने हो । तर हामी दैनिक यात्रा गर्छौं । त्यसैले ढुक्कसाथ बस्नुस् ।’ नेपालको एक मात्र त्यस्तो पाइलट हुँ, जसले यात्रु ओर्लने बेला भ¥याङमा गएर सबैलाई नमस्कार गर्दै यात्रा गर्नुभएकोमा धन्यवाद दिन्छु,’ उनले थपे । यात्रापछि थकाइ जसलाई पनि लाग्छ । तर यात्रुहरुको इच्छाअनुसार फोटो खिच्न कहिल्यै झन्झट मान्दैनन् उनी । ‘सधैं हाँसिदिन्छु । त्यसले गर्दा यात्रुहरुले म र नेपाल एयरलाइन्सप्रतिको दृष्टिकोण सधैं सकरात्मक हुन्छ,’ उनले भने ।

यती एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पासँग बढी प्रभावित छन्, विजय । शेर्पाको मिहिनेत र दृष्टिकोणकै कारण पर्यटकीय क्षेत्रको विकास र दुर्गममा हवाई क्षेत्रको विस्तार भएको उनको दाबी छ । ‘मेरो लक्ष्य भनेको नेपाल एयरलाइन्सलाई उत्कष्ट बनाउने हो,’ लामाले भने, ‘त्यसका लागि नेपाल एयरलाइन्सले मात्र चाहेर त्यो सम्भव छैन । नेपालमा रहेका एयरलाइन्सहरुसँगको सहकार्य आवश्यक छ ।’ हाल विदेशी एयरलाइन्सहरुले नेपालबाट वार्षिक अर्बौं रुपैयाँ लिएर गएका छन् । त्यसैले यहाँ रहेका सबै एयरलाइन्सबीच एलाइन्स गरेर सामूहिक रुपमा अघि बढ्नुको विकल्प नरहेको लामाको भनाइ छ ।