जब अम्मल व्यवसाय बन्यो

गगन आफैंले उपभोक्तालाई गुणस्तरीय कफी खुवाउनकै लागि इलाममा व्यावसायिक कफी खेती सुरु गरेका छन् । कर्पदेखि कपसम्म अभियान नै चलाएर उनले कफी खेती थालेका हुन् । यो वर्षबाट हिमालयन जाभाले आफ्नै बारीको कफी उपभोक्तालाई खुवाउनेछ । नेपाललाई विश्वले हिमालयको देशका रुपमा चिन्छ । उनलाई सपको नाम राख्ने बेला जाभाको अघि हिमालयन जोड्न मन लाग्यो । र त्यसै गरे पनि ।

आरामदायी सिट, मिनेटमिनेटमा पानीको ग्लास, हाई स्पिड वाइफाई, कफी, विश्वका चर्चित लेखकले लेखेका बुक, आवश्यकताअनुसार ब्रेकफास्ट, लन्च र तथा डिनरको व्यवस्था । यस्ता सुविधाले भरिपूर्ण हुन्छ— कफी सप ।

अस्ट्रेलियाबाट होटल म्यानेजमेन्ट पढाइ सकेका गगन प्रधानको ‘कन्सेप्ट’ हो यो । उनलाई लाग्छ, ‘कफी सप भनेको सेटअप गरिएको र सम्पूर्ण सुविधा एकै ठाउँ भएको अफिस हो, जहाँबाट आफ्नो दैनिकी चलाउन सकिन्छ ।’ अस्टे«लियाबाट नेपाल फर्किंदा यस्तै सपना बोकेर नेपाल आएका थिए प्रधान । उनी कफी र चकलेटका पारखी हुन् । त्यही भएर पनि आफ्नो अम्मललाई स्थापित गर्न त्यही सपना लिएर नेपाल आए ।

उनले कम निदाउन औषधिका रुपमा कफी सेवन गरे भने आवश्यक क्यालोरी पु¥याउन चकलेट । निरन्तर कफी र चकलेट खाँदा पछि अम्मली नै बने । तर पछि त्यही प्यासनलाई व्यवसायमा रुपान्तरण गरे । उनले सोचेको अफिसभन्दा टाढाको अफिस कफी सपलाई बनाउन सफल पनि भए ।
सन् १९९९ तिरको कुरा हो । त्यो बेला प्रधानले आफ्नो लतलाई व्यवसायमा रुपान्तरण गर्न काठमाडौं कमलादीमा रहेको हेरिटेज प्लाजाको ग्राउन्ड फ्लोरमा पहिलो ‘हिमालयन जाभा’ कफी सप खोले । उसले सोचेअनुसारको सेटअप र सुविधायुक्त ।

कफी सप खोल्नका लागि उनले हेरिटेज प्लाजा रोज्नुको कारण थियो— उनले अस्ट्रेलियामा व्यावसायिक भवनमा खोलिएका कफी सप असाध्यै राम्रोसँग चलेको देखेका थिए । अस्ट्रेलियाको व्यावसायिक भवनको सबैभन्दा तल्लो तलामा सानो कफी पसल हुन्थ्यो, जहाँ कम्प्लेक्समा काम गर्नेहरु बेलाबेला कफी÷चुरोट खान आउँथे र अफिसमा उक्लिन्थे । त्यो बेला हेरिटेज प्लाजा सबैभन्दा ठूलो व्यावसायिक भवन थियो । यहाँ कफी सप खोल्यो भने व्यावसायिक सफलता मिल्छ भन्ने उनलाई लाग्यो ।

हेरिटेज प्लाजामा त्यति बेला थुप्रै आफिस थिए । उनले सोचे अस्टे«लियाको जसरीचाहिँ यहाँ पनि अफिसियल मानिस आउँछन् र कफी सप राम्रो चल्छ ! तर अस्ट्रेलियाको त्यो दृश्य यहाँ देखिएन । र उनी हेरिटेज प्लाजा छाडेर ठमेल हान्निए ।

अनि ब्रान्ड बन्यो

विश्वबजारमा जाभाको दुई अर्थ लाग्छ । एक कम्प्युटर टन र अर्को कफी । कफीको नाम पनि भएकाले उनले सपको नाम जाभा राखे । नेपाललाई विश्वले हिमालयको देशका रुपमा चिन्छ । उनलाई जाभाको अघि हिमालयन जोड्न मन लाग्यो । र त्यसै गरे पनि । अर्को यसको प्रमुख उद्देश्य स्वदेशी कफीको प्रवद्र्धन गर्नु पनि हो । ‘कफी सपको नाम हामीले हिमालयन नाम राख्यौं,’ प्रधानले भने, ‘सप्लाई चेनका हिसाबले भने हिमालयन जाभा राख्यौं ।’
हुन त आफूले यसरी सुरु गरेको सप ब्रान्ड बन्छ भनेर सोचेका थिएनन् । त्यसअनुसार नाम राखेका थिएनन् उनले । नेपाली कफीलाई प्रवद्र्धन गर्ने सोचका साथ नाम जुराइएको थियो । अहिले त्यही नाम ब्रान्ड बन्यो । हिमालयन जाभाले कफी कल्चर बसाल्यो । ट्रेन्ड बसाल्यो । हजारौं कफी सप जन्मायो । यी सबैको श्रेय हिमालयन जाभालाई नै जान्छ ।

कफी मेकरदेखि वेटरसम्म

प्रधानले होटल म्यानेजमेन्ट पढेरै होला, आफ्नै हातले कफी बनाएर ग्राहकलाई सर्भ गरेका छन् । त्यति मात्रै होइन, वेटर र क्यासियरसम्मको अनुभव पनि उनीसँग छ । हस्पिटालिटी बुझेका र जानेका मान्छे नपाएर पनि सबै काम उनी आफैंले गरे । उनको विषय पनि त्यही र कफी बनाउन विभिन्न तालिमसमेत लिइसकेका गगनले लामो समयसम्म आफ्नै हातले कफी बनाएर खुवाएका छन् । त्यो बेला होटल म्यानेजमेन्ट पढेका विद्यार्थी कहाँ पाइन्छ भन्नेसमेत उनलाई थाहा थिएन ।

बुबाको प्रेरणबाट उद्यमशीलता

गगनका बुबा लामो समयदेखि ‘हस्पिटालिटी’ व्यवसायमा थिए । बुबा यो क्षेत्रमा भएकाले होला पाँचतारे होटलमा हुने पार्टी तथा विभिन्न कार्यक्रममा बोलावट हुन्थ्यो, उनलाई । त्यस्ता कार्यक्रममा बुबाले मलाई पनि सँगसँगै लैजानुहुन्थ्यो । त्यहाँ पुग्दा उनलाई पनि लाग्थ्यो, पछि ठूलो भएपछि म पनि हस्पिटालिटी क्षेत्रमा लाग्छु । आज यो क्षेत्रमा आइपुग्नुमा त्यसको ठूलो योगदान छ । अस्टे«लियाले पनि उनीलाई धेरै सिकायो । हस्पिटालिटी क्षेत्र के हो भनेर परिचित पनि बनायो ।

फैलिँदै ब्रान्ड

हिमालयन जाभा ग्लोबल ब्रान्ड भइसकेको छ । अमेरिका, बेलायतलगायत देशमा स्थापित ब्रान्ड बनेको छ । नेपालभित्र मात्रै २३ ओटा आउटलेट खुलिसकेका छन् । तीन ओटा प्रधानको स्वामित्वमा छन् भने बाँकी उनले फ्रेन्चाइज दिएका छन् । नेपालका कफीको कल्चर फैलिँदै गएसँगै कफीको माग पनि बढ्दै गएको छ ।

दोस्रो आउटलेट काठमाडौं गेस्ट हाउस

दोस्रो आउटलेट खोल्ने प्रधानको सोच थिएन । काठमाडौं गेस्ट हाउस र तारे होटेलका विदेशी पाहुनाले हिमालयन जाभामा कफी पिउन थालेपछि साहुजीहरुले चियोचर्चो गर्न थाले । काठमाडौं गेस्ट हाउसका साहु राजन शाक्यले ग्राहकका लागि गेस्ट हाउसमै सानो आउटलेट खोलिदन अनुरोध गरे । पार्क भिलेज, क्लब हिमालयका लागि पनि यस्तै प्रस्ताव आयो, उनले स्विकारे ।
अहिले हिमालयन जाभाका २३ ओटा आउटलेट पुगेका छन् ।

जुट्दै किसान र कफीको संरक्षणमा

गुणस्तरीय कफी बनाउन कफी सप र कफी मेसिन राम्रो हुँदैमा हुँदैन । गुणस्तरीय कफी बनाउन कफीका बिन्ज (गेडा) राम्रो हुनुपर्छ । दूध राम्रो हुनुपर्छ । पानी राम्रो हुनुपर्छ ।

पानी र दूध आपूmले चाहेअनुसारको गुणस्तर कायम गर्न सकिन्छ । तर, किसानको अधिकारमा रहेको कफीको बिन्ज गुणस्तरीय भएन भने कफी सपले जति मिहिनेत गरे पनि गुणस्तरीय कफी बनाउन सकिन्न ।

त्यही भएर गगन आफैंले उपभोक्तालाई गुणस्तरीय कफी खुवाउनकै लागि इलाममा व्यावसायिक कफी खेती सुरु गरेका छन् । कर्पदेखि कपसम्म अभियान नै चलाएर उनले कफी खेती थालेका हुन् । यो वर्षबाट हिमालयन जाभाले आफ्नै बारीको कफी उपभोक्तालाई खुवाउनेछ ।

प्रधानको अर्को लक्ष्य पनि छ— कफी कल्चर विकास गर्ने । कफी बेचेर कमाउनु मात्र नभई स्थानीय कफी प्रवद्र्धनलाई साथसाथै लिएर हिँड्ने लक्ष्यमा उनी अघि बढेका छन् । त्यसका अलावा उनले कफीको मेसिन बेच्ने, रेसिपी सेयर गर्ने र ट्रेनिङ स्कुल सञ्चालन गर्ने उद्देश्य पनि लिएका छन् । कफी बनाउन सिक्ने युवायुवतीलाई न्यूनतम शुल्कमा तालिमसमेत दिँदै आएका छन् ।

क्यापिटल बिजनेस म्यागजिनबाट