अटेरी दुई पाइलटमाथि ‘हायर एन्ड फायर’ नीति लागू

असन्तुष्ट भएका विषयहरु निगममा बसेर छलफल गर्न आफूहरु तयार रहेको बताउँदै लामो समयसम्म बिदामा बस्दा आर्थिक भार पर्ने भएकोले हायर एन्ड फायरको नीतिमा जान बाध्य हुने जानकारी दिए ।

काठमाडौं । काम गर्न अटेर गर्ने नेपाल एयरलाइन्सका पाइलट माथि निगम व्यवस्थापनले ‘हायर एन्ड फायर’को नीति लागू गर्ने भएको छ ।
दुई जना सिनियर पाइलट ४१ दिनदेखि काममा नफर्केको र अब तत्काल काममा नफर्के सधैंका लागि बिदा गर्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

उनले ती दुई जना पाइलटलाई पटक–पटक काममा फर्कन अनुरोध गरेको बताउँदै अटेर गरेर बसे सधैका लागि बिदा गर्ने सोचमा आफूहरु पुगेको बताए ।

असन्तुष्ट भएका विषयहरु निगममा बसेर छलफल गर्न आफूहरु तयार रहेको बताउँदै लामो समयसम्म बिदामा बस्दा आर्थिक भार पर्ने भएकोले हायर एन्ड फायरको नीतिमा जान बाध्य हुने जानकारी दिए ।

याे पनि पढ्नुसखर्च घटाउँदै निगम, लाइन मेन्टेनेन्सको काम आफै गर्दै

निगमका दुई जना सिनियर पाइलट सञ्जय बादे र नेपेन्द्र भट्टराईले आफूभन्दा जुनियर पाइलटलाई ए–३२० को प्रशिक्षणमा पठाएको भन्दै पुस २९ गते (जनवरी १३) बाट बिरामी बिदामा बसेका थिए । निगमले वाई १२ जहाज उडान गरिरहेका उद्धव घिमिरेलाई ए ३२० जहाजको उडान तालिममा पठाएसँगै ४ वटै वाई १२ ग्राउन्डेड भएका हुन् । उनीहरु बिदामा बसेकै कारण आन्तरिक तर्फको ४ वटै जहाज ग्राउन्डेड छन् ।