जीवित आङछिरिङ शेर्पा भन्छन्, ‘नाम जुध्दा मेरो फोटो राखेर श्रद्धाञ्जलि दिए’

शेर्पाद्धयकै घर सोलुखुम्बुको पासाङलामु गाउँपालिकामा हो । घर, थर र नाम पनि एउटै भएको कारण मैले दुख पाएको हुँ, शेर्पाले क्यापिटल नेपालसंग भने, जीवित हुँदाहुँदा श्रद्धान्जली समेत मेरै फोटोमा व्यक्त गरे।

काठमाडौ । बुधबार दिउँसो ताप्लेजुङबाट काठमाडौ फर्कने क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर हराएको खबर सामाजिक सञ्जाल, अनलाइन र टेलिभिजनमा एकाएक भाइरल भइरहेको थियो । हेलिकोप्टरमा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि हराएको खबर सबैतिर फैलिसकेको थियो ।

हेलिकोप्टर हराएको खबर आएसँगै सामाजिक सञ्जालमा मन्त्री अधिकारी सँगै जोडिएर पर्यटन व्यवसायी शेर्पाको तस्विर राखेर सबैले जीवन रक्षाका लागि शुभेच्छा दिइरहेका थिए । अन्तिममा हेलिकोप्टरमा सवार सातै जनाको निधन भएको पुष्टी भयो ।

सातै जनाको निधन भएको खबरसँगै पर्यटन व्यवसायी शेर्पाको तस्विर राखेर श्रद्धान्जली दिने र समाचारहरु अनलाइनमा प्रकाशन गर्नेको प्रतिस्पर्धा बढ्न थाल्यो । विडम्बना पर्यटन मन्त्री सँगै जोडिएर राखेको शेर्पाको तस्बिर सहि थिएन् । उनीसँग राखेको तस्विर हवाई व्यवसायी नभर पर्वतारोहन संघका पूर्व अध्यक्ष आइछिरिङ शेर्पाको थियो ।

पूर्व अध्यक्ष शेर्पाको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा उनलाई देश विदेशबाट आफ्न्तहरुको फोन आउन थाल्यो । मलाइ देशभित्र भन्दा देश बाहिरका साथीहरुले धेरै फोन गरे, शेर्पाले भने, फोन उठाउन भ्याए जतिलाई म जिउदै छु भने तर धेरै फोन आएपछि उनिहरुले श्रद्धान्जली दिइरहे ।

अनलाइन मिडियाहरुले बास्तविक मान्छे नचिनेर आफ्नो तस्विर राखेर समाचार हालिदिएकै कारण धेरै तनाव व्यहोरेका छन् । एकातिर आफ्न्तको मृत्यु भइरहेको बेला आफुलाई भने जिउदै छु भन्ने अवस्था आएको उनको गुनासो छ । धेरैले आफ्नो तस्वीर राखेर सामाजिक सञ्जालमा श्रद्धान्जली दिएको देख्दा धेरै तनाव भएको उनको भनाइ छ ।

उनले यस्तो समस्या बेहोरोको पहिलो पटक भने हैन् । हवाई व्यवसायी शेर्पाको फोटो हत्तपत्त नपाउने भएकै कारण आफ्नो फोटो राखेर प्रचार गरेको उनको तर्क छ ।

हवाई व्यवसायी शेर्पाकै कारण उनले केही बर्षअघि पोखरामा कुटाइसमेत खान परेको थियो । मृतक शेर्पाले पोखरामा रहेको हेमा भवन भाडामा लिन खोजेको भन्दै आक्रोशित पोखरेलीहरुले आक्रमण समेत गरेका थिए । तरपछि चिनजानकै केही गुरुङको कारण जोगिन सफल भएको उनी बताउछन् ।

मृतक शेर्पा सार्वजनिक कार्यक्रममा धेरै नदेखिने भएकोले नाम मात्र सुनेको कारण आफुले पटक पटक दुख भोग्नु परेको उनको अनुभव छ । शेर्पाद्धयकै घर सोलुखुम्बुको पासाङलामु गाउँपालिकामा हो । घर, थर र नाम पनि एउटै भएको कारण मैले दुख पाएको हुँ, शेर्पाले क्यापिटल नेपालसंग भने, जीवित हुँदाहुँदा श्रद्धान्जली समेत मेरै फोटोमा व्यक्त गरे।

मृतक शेर्पा सामाजिक कार्यमा समेत निकै सहभागिता जनाउने गरेको उनको भनाइ छ । प्रत्यक्ष रुपमा आफु नदेखिने र चर्चामा आउन नचाहने उनको विषेशताकै कारण आफ्नो तस्विर भाइरल भएको शेर्पाको भनाइ छ ।