यस्तो थियो, रवीन्द्र अधिकारीको प्रगति विवरण, जसलाई उनले सार्वजनिक गर्न पाएनन् (पूर्णपाठसहित)

अधिकारीले फागुन २ गते एक वर्षको प्रगति विवरण समेटेर सार्वजनिक गर्ने योजना बनाइरहेका थिए । जर्मनीको एक कार्यक्रममा सहभागी भएर नेपाल आएपछि सार्वजनिक गर्ने योजना बनाए पनि उनी जर्मनी जानु एक दिनअघि नै दुर्घटनामा परे ।

काठमाडौं । आफूले वर्षभरि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न नपाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए ।

अधिकारीले फागुन २ गते एक वर्षको प्रगति विवरण समेटेर सार्वजनिक गर्ने योजना बनाइरहेका थिए । जर्मनीको एक कार्यक्रममा सहभागी भएर नेपाल आएपछि सार्वजनिक गर्ने योजना बनाए पनि उनी जर्मनी जानु एक दिनअघि नै दुर्घटनामा परे ।

सरकार बनेको एक वर्षमा मन्त्रालयले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न तयारी गरिरहेका बेला मन्त्री अधिकारी फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेका हुन् ।

पर्यटन मन्त्रीमा नियुक्त भएलगत्तै उनले सरकारका सय दिनका कार्यक्रम सार्वजनिक गरेका थिए । सय दिन पूरा भएपछि उनले आफूले गरेका कामको विवरण सार्वजनिक गरे । उनका गतिविधिलाई त्यसबेला धेरैले प्रशंसा गरेका थिए ।

तर, उनै मन्त्री अधिकारीले बर्षभरि गरेका प्रगति विवरण सार्वजनिक गर्न पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्य प्रगतिको मूल्याङ्कन गर्ने बताउँदै आएका थिए ।

पर्यटन मन्त्रालयले फागुन १४ गतेसम्मको प्रगति विवरण राखेर अधिकारीको फोटोसहित पुस्तकाकार कृति सार्वजनिक गर्दै छ ।

यस्ता छन् मुख्य मुख्य प्रगति
१. २ सय १२ ओटा सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न
२. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ६३ प्रतिशत सम्पन्न
३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालन
४. पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्य २२ प्रतिशत सम्पन्न
५. ६ ओटा विमानस्थलमा रात्रिकालीन उडान सुरु
७. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न
८. दुई ओटा वाइडबडी जहाज भित्र्याइएको
९. मुलुकभर सय ओटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको
१०. सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै करिब १२ लाख पर्यटक नेपाल भित्र्याउन सफल
११. जापान, कम्बोडिया, थाइल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता पुनरवलोकन ।
(पूर्णपाठ यस्तो छ)