म्युचअल फन्ड निष्कासनको माग गर्ने बैंङकरहरुले केही समयका लागि ढिला गर्न आग्रह गरेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘बजार घटिरहेका बेला प्रतिकुल अवस्था देखिएकाले उहाँ (बैंङकरहरु)ले निष्कासन गर्न नचाहेको देखिएको छ ।’ उनले भने ।
काठमाडौं । मर्चेन्ट बैंङ्करले सामूहिक लगानी कोष (म्युचअल फन्ड) निष्कासन रोक्न नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् । सेयर बजार निरन्तर घटिरहेका बेला नाफा नहुँने अवस्था देखेपछि उनीहरुले म्युचअल फन्ड निष्कासनबाट पछि हटेका हुन् ।
म्युचअल फन्ड निष्कासनको माग गर्ने बैंङकरहरुले केही समयका लागि ढिला गर्न आग्रह गरेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘बजार घटिरहेका बेला प्रतिकुल अवस्था देखिएकाले उहाँ (बैंङकरहरु)ले निष्कासन गर्न नचाहेको देखिएको छ ।’ उनले भने । म्युचअल फन्डबाट संकलन हुने अधिकांश रकम सेयर बजारमा लगानी हुने गरेको छ । सूचि हेर्न यहाँ क्लिक गर्नुहोस
‘हामी स्वीकृति दिने तयारीमा छौं, उहाँहरुले नै अहिलेलाई रोक्नु पर्यो भनिरहनु भएकाले प्रक्रिया अवरुद्ध भएको हो ।’ उनले भने । बोर्डले सबै प्रक्रिया पूरा गरेको गिरीको भनाई छ । अहिले निष्कासन गरेको म्युचअल फन्ड बिक्री नुहुने बुझाइ मर्चेन्ट बैंङ्करको भएको उनले सुनाए ।
यता मर्चेन्ट बैंङ्कर सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बोर्डको भनाईप्रति असहमति जनाएका छन् । ‘हामीले निष्कासन अनुमतिका लागि बोर्डमा निवेदन दिएका हौँ, अझसम्म स्वीकृति दिएको छैन ।’ उनले भने, ‘बजारमा सेयरको माग र आपूर्तिको व्यवस्थापन गर्न वित्तीय औजार नल्याउँदा समस्या भएको हो । बजारलाई चलायमान बनाउन बोर्डले जुन भूमिका खेल्नु परेको हो त्यो देखिएन ।’ उनले भने ।
बोर्डले चालु आर्थिक वर्ष सुरु भएयता म्युचअल फन्ड निष्कासनका लागि अनुमति दिएको छैन । यद्यपी उनले नविल बैंकलगायत केहीको म्युचअल फन्ड निष्कासनको प्रक्रिया अघि बढेको जानकारी दिए । सेयर बजार घटेपछि हाल सञ्चालनमा रहेका अधिकांश म्युचअल फन्डको खुदसम्पत्तिमा ह्रास आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकले म्युचअल फन्ड निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । यी बैंकहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ७५ करोड एकाई ७ ओटा म्युचअल फन्ड निष्कासनका लागि आवेदन दिएका छन् ।
जसमध्ये ग्लोबल आईएमई ब्यालेन्स फन्ड १, १ अर्ब २० करोड, एनआईसी एसिया ब्यालेन्स फन्ड १ अर्ब २५ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोग स्कीम २, १ अर्ब ४० करोड, एनएमबी ५०, १ अर्ब २० करोड, सिटिजन्स म्युचअल फन्ड २, १ अर्ब, एनआईबीएल सहभागिता फन्ड ५० करोड र नविल ब्यालेन्स फन्ड २ १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
गत वर्ष ४ ओटा बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ करोड एकाई म्युचअल फन्ड निष्कासन गरेका थिए । गत वर्ष १ अर्ब ५० करोडको सिद्धार्थ इक्वीटी फन्ड, १ अर्ब ३० करोडको सानिमा इक्विटी फन्ड, १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फन्ड र १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फन्ड निष्कासन गरेका थिए ।