सीई ग्रुप जलविद्युतमा : आधा दर्जन आयोजना बनाउँदै, १ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य

सीईले ९.५ मेगावाटको माइबेनी, ६.२ मेगावाटको तल्लो जोगमाई, ४९ मेगावाटको मिडिल मेवा, २१ मेगावाटको पालुनखोला, १११ मेगावाटको दूधकोसी ९ र २४.४६ मेगावाटको तामाकोसी ९ जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण हुनेछन् ।

काठमाडौं । अपार्टमेन्ट, रियल इस्टेट र निर्माण व्यवसायमा सफल सीई ग्रुपले जलविद्युतमा पनि लगानी विस्तार गरेको छ । सीई ग्रुपले ऊर्जा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत २२१ मेगावाट क्षमताका आधा दर्जन जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । प्रस्ताव गरिएका आयोजना बनाउन झन्डै ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । स्वदेशी तथा विदेशी लगानीबाट आयोजना बनाउने सीईको तयारी छ ।

सीईले ९.५ मेगावाटको माइबेनी, ६.२ मेगावाटको तल्लो जोगमाई, ४९ मेगावाटको मिडिल मेवा, २१ मेगावाटको पालुनखोला, १११ मेगावाटको दूधकोसी ९ र २४.४६ मेगावाटको तामाकोसी ९ जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण हुनेछन् ।

यसअनुसार माइबेनी स्मलिङ पावर कम्पनी, तल्लो जोगमाई एसियन हाइड्रोपावर कम्पनी, मिडिल मेवा, मेवा डेभलपर्स र पालुन आयोजना पालुनखोला हाइड्रोपावर कम्पनीमाफत निर्माण हुनेछ । अन्य आयोजना सम्भाव्यता अध्ययनका क्रममा रहेकाले कम्पनी गठन गरिएको छैन ।

इलाममा रहेको माइबेनी आयोजनाको निर्माण सुरु भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए)का साथै विद्युत् विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । वित्तीय सम्झौता भइसकेकाे छ ।

तल्लो जोगमाई आयोजनाको विस्तृत इन्जिनियरिङको काम जारी छ । यो पनि सन् २०२० मा सम्पन्न हुने सीईले जनाएको छ । २ वर्षभित्र १७ मेगावाट बिजुली उत्पादन हुनेछ । ताप्लेजुङमा पर्ने मिडिल मेवा आयोजना पीपीए सम्पन्न हुनुका साथै विस्तृत अध्ययनको काम जारी छ । पालुनखोलाको पीपीए सम्पन्न भई हाल विस्तृत इन्जिनियरिङको काममा छ । दूधकोसी ९ र तामोसी ९ आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको सीईका अध्यक्ष तथा प्रबध निर्देशक विजय राजभण्डारीले बताए ।

माइबेनी आयोजना बनाउन १ अर्ब ८५ करोड, तल्लो जोगमाईमा १ अर्ब १६ करोड, मिडिल मेवा ९ अर्ब, पालुनखोलामा झन्डै ४ अर्ब, दूधकोसी ९ लाई २० अर्ब र तामाकोसी ९ मा साढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

माइबेनी र तल्लो जोगमाई आयोजना आगामी सन २०२० भित्र सम्पन्न हुने लक्ष्य लिएको उनले जानकारी दिए । मध्य मेवा सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य छ । अन्य आयोजनाबारे अध्ययन भइरहेकाले निर्माण सम्पन्न हुने मिति तय भएको छैन ।

माइबेनी आयोजना बनाउन १ अर्ब ८५ करोड, तल्लो जोगमाईमा १ अर्ब १६ करोड, मिडिल मेवा ९ अर्ब, पालुनखोलामा झन्डै ४ अर्ब, दूधकोसी ९ लाई २० अर्ब र तामाकोसी ९ मा साढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मिडिल मेवाआयोजना जापानको तोसिबा पावर कम्पनी लिमिटेडसँगको साझेदारीमा निर्माण गर्न लागिएको उनले जानकारी दिए । सीई र तोसिबाबीच आयोजना विकासका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । आयोजनामा ६० प्रतिशत स्वामित्व तोसिबाको हुने उनले बताए । ४० प्रतिशत स्थानीय लगानी हुनेछ । स्थानीय बैङ्कले लगानीका लागि आशयपत्र दिने तयारीमा छ ।

मिडिल मेवा ठेक्का सम्झौता आगामी अक्टोबरसम्म सकेर तिहारलगत्तै निर्माण थाल्ने योजना रहेको राजभण्डारीले बताए । तोसिबासँग विदेशी लगानी ल्याउन आउँदो जुन १५ भित्र सम्झौता हुने कार्यतालिका छ । तोसिबा आएमा लगानी सम्झौता हुनेछ । तोसिबाले यो आयोजनामा गरेको लगानी फिर्ता नलैजाने सहमति गरेको छ । मिडिल मेवा अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको अयोजना हो ।

एक दशकमा सीई ग्रुपले १ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको उनले जानकारी दिए । यसका लागि काम सुरु भइसकेको राजभण्डारीको भनाइ छ । सीईले शृङखला (क्यास्केड) र करिडोर आयोजना निर्माणमा जोड दिएको उनी बताउँछन् । यसले गर्दा निर्माण लागत कम हुनुका साथै उपकरण पनि एउटै भए पुग्नेछ ।

सीईले २३.६ मेगावाटको सोलु, ८६ मेगावाटको सोलु दुधकोसी र १११ मेगावाटको नीलगिरी अयोजना निर्माण गर्दै छ । सोलु आयोजनाको लगभग सबै काम सकिएको छ । सीईले धेरै अपार्टमेन्ट निर्माण गरिसकेको छ । अझै ४ स्थानमा विस्तारको क्रममा छ ।