सरकारले भ्रमण वर्ष र बुटिक एयरपोर्ट कार्यविधि पारित गर्यो

बुटिक एयरपोर्ट बनाउन विज्ञापनका ?पमा राखिएका सामग्रीसमेत हटाइएका छन् । वैशाखमा एयरपोर्टलाई बुटिक अवधारणामा लैजाने योजनाअनुसार नै अहिलेदेखि नै एयरपोर्टमा ससाना कुरामा सुधार गर्दै लगिएको छ ।

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यविधि पारित गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पारित गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमण वर्ष २०२० का लागि बजेट विनियोजन भए पनि खर्च गर्ने कार्यविधि पास नभएका कारण समस्या परेको थियो । गत पुस २० गते बसेको मूल समिति बैठकमा कार्यक्रम संयोजक सुरज वैद्यले बजेट खर्च गर्ने कार्यविधि नभएकै कारण समस्या भएको बताएका थिए ।

बुटिक एयरपोर्ट बनाउन विज्ञापनका रुपमा राखिएका सामग्रीसमेत हटाइएका छन् । वैशाखमा एयरपोर्टलाई बुटिक अवधारणामा लैजाने योजनाअनुसार नै अहिलेदेखि नै एयरपोर्टमा ससाना कुरामा सुधार गर्दै लगिएको छ ।

विमानस्थलभित्र नयाँ कार्पेट, सोफा, एसी राख्नुका साथै पार्किङस्थललाई समेत सारिएको छ । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्ट बनाउने अवधारणा सार्वजनिक गरेका थिए ।