नेपाल र जापानबीच सोमबार श्रम सम्झौता हुँदै, निमित्त श्रम सचिव र राजदूतले हस्ताक्षर गर्ने

हाल भएको सहमतिअनुसार जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको छ । अप्रिल देखि वर्किङ भिसामा कामदार लैजाने तयारी गरेको हो । गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच कामदार पठाउने प्रक्रिया टुङ्गयाउन भएको छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो ।

काठमाडौं । नेपाल र जापानबीच आगामी सोमबार श्रम सम्झौता हुने भएको छ । सम्झौतमा नेपालकातर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डाक्टर रामप्रसाद घिमिरे र नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले हस्ताक्षर गर्ने छन् ।

श्रम मन्त्रालयका उच्च श्रोतका अनुसार श्रम सम्झौताका लागि आवश्यक तयारी गरिरहेको र त्यसले सोमबार अन्तिम रुप लिने छ । नेपालबाट पठाएको मस्यौदामा सहमत जनाउँदै जापानका ३ ओटा मन्त्रालयले हस्ताक्षर गरेको पेपर शुक्रबार नेपाल आउँदैछ । हवाई जहाजमार्फत नेपाल आउने सो पेपरमा जापानका ४ ओटा मन्त्रालयले हस्ताक्षर गर्ने छन् ।

ती मध्ये न्याय मन्त्रालय, ,स्वास्थ्य,श्रम र समाजकल्यान र राष्ट्रिय प्रहरी संगठनले हस्ताक्षर गरिसकेका छन् भने परराष्ट्र मन्त्रालयकातर्फबाट राजदुतले नेपालमा हस्ताक्षर गर्ने छन् । दुईदेशबीच सम्झौतामा हस्ताक्षर भएपछि जोइन्ट कमिटि गठन गर्ने र सोही कमिटिले कहिलेबाट कामदार लैजाने र कति कामदार लैजाने भन्ने विषयमा निर्णय लिने जनाएको छ ।

हाल भएको सहमतिअनुसार जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको छ । अप्रिल देखि वर्किङ भिसामा कामदार लैजाने तयारी गरेको हो । गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच कामदार पठाउने प्रक्रिया टुङ्गयाउन भएको छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो ।

श्रम मन्त्रालयले कामदार ठग्न नदिनका लागि सरकार मार्फत नै कामदार पठाउने प्रस्ताव राखेको जनाएको छ । जापानमा पुगेपछि कामदार नठगीए पनि विभिन्न कम्पनीमार्फत कामदार पठाउँदा नेपालमै ठगीने डर भएको श्रम मन्त्रालयका अधिकारीहरुको भनाइ छ । त्यसको लागि हाल कोरियामा कामदार पठाएकै मोडलबाट पठाउने श्रम मन्त्रालयले तयार गरेको थियो । कोरियामा हालसम्म गएका नेपालीहरु ठगीएको समचारहरु सार्वजनिक भएको छैन् ।

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित १४ किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ  । नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ  । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

पाँच वर्षका निम्ति ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जनाइएको छ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने भएकाले पहिलो चरणमा सबै देशमा छलफल अगाडि बढाएको छ । पछिल्लो समय जापानमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या धेरै रहेको छ । राम्रो आम्दानी हुने भएकै कारण विद्यार्थीहरु अध्ययनका लागि भन्दै चर्को शुल्क तिरेर जापान जाने गरेका छन् । अध्ययनका लागि विद्यार्थीहरुले १३ देखि १५ लाख रुपैयासम्म तिर्ने गरेका छन् ।