श्रम मन्त्री विष्ट पछि हटे,मलेसियाको रोजगारी खुलाउने अन्तिम तयारीमा

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएकाहरुलाई १० देखी १५ दिन भित्रमै मलेसिया पठाउने तयारी गरिरहेको छ । श्रम मन्त्री गोकर्ण विष्टले लामो समयदेखि मलेसियाको रोजगारी नखुलाएको भन्दै आलोचना भइरहेको बेला नयाँ कामदारहरुलाई पनि १ महिना भित्रमा पठाउने गरी आन्तरिक तयारी गरिरहेको स्रोतको दावि छ । आलोचना भएपछि पुरानै संयन्त्रबाट कामदार पठाउन श्रम मन्त्री विष्ट तयार भएका छन् ।

काठमाडौं । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन अन्तिम तयारी भइरहेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएकाहरुलाई १० देखी १५ दिन भित्रमै मलेसिया पठाउने तयारी गरिरहेको छ ।

श्रम मन्त्री गोकर्ण विष्टले लामो समयदेखि मलेसियाको रोजगारी नखुलाएको भन्दै आलोचना भइरहेको बेला नयाँ कामदारहरुलाई पनि १ महिना भित्रमा पठाउने गरी आन्तरिक तयारी गरिरहेको स्रोतको दावि छ । तिब्र्र आलोचना भएपछि पुरानै संयन्त्रबाट कामदार पठाउन श्रम मन्त्री विष्ट तयार भएका छन् ।

मलेसिया जाने कामदारहरु माथि आर्थिकभार पारेको भन्दै गत जेठ २ गते पाँच वटा संस्थाहरुलाई कार्वाही गर्दै तत्कालको लागि रोजगारी बन्द गरेको थियो । कात्तिक ११ गते नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीमा स्वास्थ्य जाँचका लागि केहि मापदण्डहरु परिवर्तन गर्न सक्ने गरी सहमति भएको थियो । सोही सहमति अनुसार मलेसियाले केहि दिनअघि मात्र स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाएको थियो ।

नयाँ मापदण्ड पठाएसँगै मन्त्रालयले केहि दिनमै मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि १५ दिने सूचना जारी गर्ने तयारी गरेको छ । स्वास्थ्य परिक्षणका लागि नीजि क्लिनिक,नर्सिङ होम,सरकारी अस्पताल सबैले आवेदन दिन पाउने छन् । १५ दिनपछि आवेदनमा परेका स्वास्थ्य संस्थाहरुको मापदण्ड निरिक्षणका लागि मलेसियाबाट प्रतिनिधिहरु समेत नेपाल आउने छन् ।

नेपाल र मलेसियाका प्रतिनिधिहरुले निरिक्षण गरेपछि करिब १५ दिन मित्रमा मन्त्रालयको रिपोर्ट बुझाएपछि करिब १ महिना भित्रमा नयाँ स्वास्थ्य संस्थाहरु तयार पार्ने छन् ।स्वास्थ्य संस्थाहरु तयार भएपछि नयाँ कामदारहरुको लागि पनि रोजगारी खुलाउने मन्त्रालयको तयारी रहेको छ । यस अघि ३९ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य परीक्षण गराउदै आएका थिए ।

यस्तै कलिङ भिसा आएको करिब ७ हजार कामदार भने अबको १० देखी १५ दिन भित्रमै मलेसिया जाने पाउने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सघं र श्रम मन्त्रालयबीच भएको सहमति अनुसार संघले आइतबारबाटै मलेसिया दुतावासबाट भिसा स्वीकृती गर्ने काममा सहजिकरण गरी स्वीकृती लिने काम गर्ने छ ।

श्रम स्वीकृती लिइ सकेपछि संघ र वैदेशिक रोजगार विभागको सहकार्यमा श्रम स्वीकृती लिने काम अगाडी बढाउने स्रोतको भनाइ छ । श्रम स्वीकृती लिएपछि टिकट लिने काम मात्र बाकी रहने भएकोले बढिमा १० देखी १५ दिन भित्रमा उडन्े छन् ।