अल्टिच्यूड एयरले ३५ करोडमा हेलिकप्टर किन्यो, मंगलबार ल्याउँदै

एयरबस हेलिकप्टर प्रालिले निर्माण गरेको सो हेलिकप्टर मलेसियाबाट ल्याउन लागिएको मार्केटिङ प्रमुख सीताराम सापकोटाले जानकारी दिए । पाइलट सहित ६ सिट रहेको ९ एन एएमएक्स डिपार्टको सो हेलिकप्टर न्यू ब्राण्ड हो ।

काठमाडौं । अल्टिच्यूड एयरले आउदो मंगलबार अर्थात चैत्र १९ मा नयाँ हेलिकप्टर भित्राउने भएको छ । एयरले ३० लाख अमेरिकी डलर अर्थात ३५ करोड रुपैयाँमा हेलिकप्टर ल्याउन लागिएको प्रवन्ध निर्देशक निमानुरु शेर्पाले जानकारी दिए ।

एयरबस हेलिकप्टर प्रालिले निर्माण गरेको सो हेलिकप्टर मलेसियाबाट ल्याउन लागिएको मार्केटिङ प्रमुख सीताराम सापकोटाले जानकारी दिए । पाइलट सहित ६ सिट रहेको ९ एन एएमएक्स डिपार्टको सो हेलिकप्टर न्यू ब्राण्ड हो ।

हेलिकप्टरले माउण्टेन फ्लाइटदेखी हाइहल्टिच्युडसम्म उडान गर्ने छ । यो हेलिकप्टर भित्रिएसँगै अल्टिच्यूड सँग २ वटा हेलिकप्टर हुने छ । १ बर्षअघि दुर्घटनामा परेपछि अल्टिच्यूडले १ वटा हेलिकप्टर मार्फत सेवा दिदै आएको थियो ।

पछिल्लो केही वर्षयता हेलिकप्टर रिजर्भ गरेर यात्रा गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । धेरै जसो माउन्टेन फ्लाइट र हिमाली क्षेत्रमा उद्धार कार्यमा हेलिकप्टर प्रयोग हुने गरेको उनले बताए ।

पछिल्लो समय माउन्टेन फ्लाइट गर्ने आन्तरिक एवम बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएसँगै हेलिकप्टर कम्पनीहरु नयाँ नयाँ हेलिकप्टर थप्न लागेका छन ।