डोल्पामा हिमपहिरोमा पुरिएर ३ जना बेपत्ता

सञ्चार सेवासमेत नभएका कारण ढिलागरी जानकारी पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिमपहिरोमा परि ३ जनाको बेपत्ता भएका छन् ।

काठमाडौं । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा हिमपहिरोमा परि ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गत १७ गते माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टामा हिमपहिरो गएको छ । सञ्चार सेवासमेत नभएका कारण ढिलागरी जानकारी पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिमपहिरोमा परि ३ जनाको बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको प्रहरीले जनाएको छ ।
घटना सदरमुुकामदेखि निकै टाडा भएको र धेरै हिँउ परेकाले उद्धारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिए ।