रोकिएन विमानस्थल सेटिङ: नक्कली भिषामा स्वीट्जरल्याण्ड उडेकी युवती कतारमा पक्राउ, नेपाल फर्काइयो

स्रोतका अनुसार बिचौलीया कतार एअरलाइन्स, अध्यागमन कर्मचारीले मोटो रकम दिएर ती युवतीलाई अध्यागमन पास गराएका थिए । बिमानस्थलमा सामान्य रुपमा नक्कली सक्कली भिषा नहेरेर पठाएको अध्यागमनले यस्तो घटनालाई सामान्य भनेर पन्छिने काम गरेको छ ।

काठमाडौं । बिचौलीया, अध्यागमनका कर्मचारी र कतार एअरलाईन्सको कर्मचारीको सेटिङमा नक्कली भिषामा स्वीट्जरल्याण्ड उडेकी एक युवती कतारमा पक्राउ परेकी छिन् । स्रोतका अनुसार स्वीट्जरल्याण्डको नक्कली भिषामा कतार पुगेकी मनिता थापालाई कतार अध्यागमले पक्राउ गरी नेपाल फिर्ता गरेको छ ।

स्रोतका अनुसार २ दिन अघि थापा बिमानस्थ सेटिङ गरेर कतार पुगेकी थिन् । कतार पुगेपछि उनको भिषा नक्कली भएको थाहा भएपछि उनलाई मंगलबार साँझ काठमाडौं फिर्ता गरिएको हो । थापा नेपाल फर्किएको कुरा पुष्टी गर्दै बिमानस्थल अध्यागमन प्रमुख डम्बरबहादुर खड्काले घटना सामान्य भएको प्रतिक्रृया दिए । क्यापिटल नेपालसँग कुरा गर्दै खड्काले सामान्य रुपमा गएकी युवती सामान्य रुपमै फर्काइएको बताए ।

स्रोतका अनुसार बिचौलीया कतार एअरलाइन्स, अध्यागमन कर्मचारीले मोटो रकम दिएर ती युवतीलाई अध्यागमन पास गराएका थिए । बिमानस्थलमा सामान्य रुपमा नक्कली सक्कली भिषा नहेरेर पठाएको अध्यागमनले यस्तो घटनालाई सामान्य भनेर पन्छिने काम गरेको छ । त्यसरी डिपोट गरिएकी युवतीलाई अध्यागमनका कर्मचारीले निर्वाद रुपमा अनुसन्धान नगरी छाडेको बिमानस्थल स्रोतले क्यापीटल नेपाललाई जानकारी दियो ।