धूलो दूध आयातमा प्रतिबन्ध छैन भनेर किन झुटो बोले कृषिमन्त्री खनालले ?, सात महिनादेखि धूलो दूध आयात पूर्ण प्रतिबन्ध

तर, कृषिमन्त्री चक्रपाणि खनालले क्यापिटल नेपालसँग कुराकानी गर्दै धूलो दूध आयातमा कुनै प्रतिबन्ध नलगाइएको बताएका थिए । यस विषयमा खाद्य प्रविधि विभागमा बुझ्दा ७ महिनादेखि हालसम्म एउटा पनि आयात अनुमति पत्र नदिइएको पाइएपछि मन्त्रीले बोलेका कुरा झुटो साबित भएको हो ।

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले धूलो दूध आयात प्रतिबन्ध नलगाइएको बताए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सात महिनादेखि धूलो दूध आयातका लागि एउटा पनि अनुमति नदिएको खुलेको छ ।

तर, कृषिमन्त्री चक्रपाणि खनालले क्यापिटल नेपालसँग कुराकानी गर्दै धूलो दूध आयातमा कुनै प्रतिबन्ध नलगाइएको बताएका थिए । यस विषयमा खाद्य प्रविधि विभागमा बुझ्दा ७ महिनादेखि हालसम्म एउटा पनि आयात अनुमति पत्र नदिइएको पाइएपछि मन्त्रीले बोलेका कुरा झुटो साबित भएको हो ।

खाद्य विभागका एक अधिकारीका अनुसार गत असोजमा मन्त्री खनालले धूलो दूध आयातका लागि अनुमति नदिन मौखिक आदेश भएपछि हालसम्म कसैलाई पनि आयात अनुमति पत्र नदिइएको हो ।

‘मन्त्रीज्यूले लिखित आदेश दिनु भएको छैन,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, मौखिक रुपमै निर्देशन दिएकाले हामीले रोकेका हौं ।’
यता मन्त्री खनालको भनाइ अर्कै छ । ‘विदेशबाट आयात हुने धूलो दूधको गुणस्तर परीक्षण गरेर आयात अनुमति दिन विभागलाई भनेको हुँ,’ मन्त्री खनालले भने, ‘तर, अनुमति रोक्न भनेको छैन ।’

मन्त्री खनालले मिडियालाई दिने जानकारी र विभागलाई दिने निर्देशन फरक–फरक भएको ती अधिकारीको भनाइ छ । ‘तपाईंहरुलाई आयात रोकेको छैन भनेर प्रतिक्रिया दिने, यता विभागलाई कुनै पनि हालतमा अनुमति नदिनू भन्ने,’ ती अधिकारीले कुराकानी गर्दै भने, ‘मन्त्रीज्यूले आयातका लागि अनुमति दिनु भनेको अवस्थामा तत्काल खुला हुन्छ ।’

उद्योगीका अनुसार अहिलेसम्म विभागले आयात अनुमति पत्र नदिएको बताए । ‘पटक–पटक आयात गर्न पाउँ भन्दै विभागमा पत्र दर्ता गराएका छौं,’ एक उद्योगीले भने, ‘तर, मन्त्रीज्यूले आयातका लागि अनुमति नदिनू भनेकाले आयात अनुमति पत्र दिन नसकिने भन्दै विभागका कर्मचारीले फर्काउने गरेका छन् ।’

मन्त्री खनाल बिस्कुट, चकलेट र आइक्रिम बनाउने उद्योगलाई निर्बाधरुपमा आयात गर्न दिएको झुटो दाबी गर्छन् । ‘सरकारले तीन ओटा उद्योगलाई निर्बाध आयात गर्न खुला गरेका छौं,’ मन्त्री खनालले भने, ‘डेरी क्षेत्रलाई मात्रै केही कडाइ गरिएको हो ।’

याे पनि हेर्नुहाेस् ।

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

किसान र उद्योग संरक्षणको नाममा ‘एकाधिकार’