थाई एयर एसियाले साउनबाट साताको ४ दिन नेपालमा उडान गर्ने, मन्त्रालयबाट पायो अनुमति

थाई एयर एसियाले आगामी साउनबाट नियमित उडान गर्ने गरी उडान अनुमति मागेको क्यानका उप–निर्देशक सुवास झाले जानकारी दिए । ‘अगष्टमा साताको चार दिन र त्यसपछि सातै दिन उडान गर्ने गरी अनुमति मागेको छ,’ उनले भने ।

काठमाडौं । एयर एसिया गु्रपअन्तर्गतको थाई एयर एसियालाई थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन अनुमति दिएको छ ।

सञ्चालन अनुमति पाएपछि उडान अनुमतिका लागि थाई एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा बिहीबार निवेदन दिएको छ ।

थाई एयर एसियाले आगामी साउनबाट नियमित उडान गर्ने गरी उडान अनुमति मागेको क्यानका उप–निर्देशक सुवास झाले जानकारी दिए । ‘अगष्टमा साताको चार दिन र त्यसपछि सातै दिन उडान गर्ने गरी अनुमति मागेको छ,’ उनले भने ।

सो एयरलाइन्सले बुझाएको कागजात अध्ययनपछि सुरक्षा जाँचका लागि क्यानको टोली थाइल्यान्ड जाने छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्लट लिनुपर्छ । स्लट पाएपछि मात्र उडान तालिका सार्वजनिक हुनेछ ।

थाई एयर एसियाले नेपाल उडानका लागि प्रक्रिया थाल्यो

थाई एयर एसियाको नेपालको जनरल सेल्स एजेन्ट (जीएसए) विशाल ग्रुपले लिएको छ । हाल थाइल्यान्डबाट नेपालमा थाई एयर र थाई लायन एयरलाइन्सले उडान गर्दै आएका छन् ।

पछिल्लो समय नेपालबाट थाइल्यान्ड जाने र थाइल्यान्डबाट नेपालको लुम्बिनी आउने पर्यटक धेरै बढ्न थालेपछि त्यहाँको एयरलाइन्सले नेपाल उडान गर्न चासो दिँदै आएका छन् ।