दोलखाका लीला बस्नेतले राखे विश्व रेकर्ड, काठमाडौंबाट हिडेर ७ दिन सगरमाथाको चुचुरोमा

उनले जेठ ८ गते विहान सगरमाथाको आरोहण गरेका थिए । उनि सेभेन समिट टे«क्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।

काठमाडौं । दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड राखेका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरि फर्किएका हुन् ।

हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई तोड्न काठमाडौंबाट यात्रा सुरु गरेको बस्नेतको भनाइ छ । उनले जेठ ८ गते विहान सगरमाथाको आरोहण गरेका थिए । उनि सेभेन समिट टे«क्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।

हाल विश्वभर भाषा,धर्म,संकृतीको नाममा नेपाल लगाएत विश्वभर असान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि सगरमाथा आरोहण गरिएको उनको भनाइ छ । नेपालको पर्यटकीय क्षेत्र र दोलखाको पर्यटन विकासका लागि आफ्नो आरोहणले थप सहयोग पुग्ने अपेक्षा गरेको बस्नेतले क्यापिटल नेपाललाई बताए । बस्नेतले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएका थिए ।

विगु गाउँपालिकाका उपप्रमुख संजीव ओलीले बस्नेतले सगरमाथाको आरोहणसँगै विश्व रेकर्ड राख्न सफल भएकोमा खुसि व्यक्त गरे । दोलखाको विकट गाउँमा जन्मिएका बस्नेतले विश्व रेकर्ड राखेर उनको मात्र नभई सिंगो गाउँपालिका ,जिल्ला र नेपालको नाम उच्च बनाएको बताए ।