चन्दा शेर्पा, जसले सम्हाल्दै छिन् २५ अर्बको साम्राज्य

नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान पुर्याएको यती र तारा एयरलाइन्सको प्रबन्ध निर्देशकका रुपमा शेर्पाले जिम्मेवारी लिएकी हुन् ।

काठमाडौं । यती र तारा एयरलाइन्सको जिम्मेवारी कम्पनीले स्व. आङछिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पालाई दिएको छ । नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान पुर्याएको यती र तारा एयरलाइन्सको प्रबन्ध निर्देशकका रुपमा शेर्पाले जिम्मेवारी लिएकी हुन् ।

यती एयरलाइन्सका प्रबन्ध निर्देशकका रुपमा रहेका आङछिरिङको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रबन्ध निर्देशकमा कम्पनीले कसैलाई नियुक्त गरेको थिएन । एयरलाइन्स स्रोतका अनुसार उनले केही समयअघि मात्र प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।

एयरलाइन्सको अध्यक्षमा भने उनका जेठाजु (आङछिरिङका माइला दाजु) सोनाम शेर्पा नै छन् । उनी सुरुदेखि नै अध्यक्ष रहँदै आएका थिए । यती एयरलाइन्सको भगिनी कम्पनीका रुपमा तारा एयरलाइन्स पनि सञ्चालनमा छ । विषेशगरी दुर्गम क्षेत्रमा तारा एयरले सेवा दिँदै आएको छ भने यती एयरलाइन्सले सुगम क्षेत्रमा ।

हाल तारा र यती एयरलाइन्समा गरी ९०० कर्मचारी कार्यरत छन् । पहाडी क्षेत्रमा हवाई यातायातको सेवा दिँदै आएको तारा एयरले ४ ओटा टुइनअटर र २ ओटा ‘डोर्नियर डिओ एयरक्राफ्टबाट सेवा सञ्चालन गर्दै आएको छ ।

सन् १९९८ मा शेर्पा दाजुभाइ मिलेर यती एयरलाइन्स स्थापना गरेका थिए । सन् १९९८ को सेप्टेम्बरमा यतीको ट्विनअटर जहाजले व्यावसायिक उडान गरेको थियो । त्यो व्यावसायिक उडानपछि आङछिरिङ नेपालका शक्तिशाली पर्यटन व्यवसायीमा स्थापित हुँदै गएका थिए । यती एयरलाइन्सको उडानले उचाइ लिइरहेको समयमा आङछिरिङले सन् २००९ मा तारा एयरका नाममा अर्को एयरलाइन्स कम्पनी पनि स्थापना गरेका थिए ।

हाल तारा र यती एयरलाइन्समा गरी ९०० कर्मचारी कार्यरत छन् । पहाडी क्षेत्रमा हवाई यातायातको सेवा दिँदै आएको तारा एयरले ४ ओटा टुइनअटर र २ ओटा ‘डोर्नियर डिओ एयरक्राफ्टबाट सेवा सञ्चालन गर्दै आएको छ ।

तारा एयरले विशेषरुपमा देशको ट्रेकिङ्ग व्यवसायलाई सघाऊ पुर्याउन तथा नेपालका दुर्गम भेगहरुमा नियमित रुपमा हवाइ सेवा पुर्याउउँदै ती स्थानहरुको यातायात सेवा विस्तार तथा खाद्यान्न आपूर्ति कार्यलाई सहज बनाइरहेको छ ।

तारा एयरले काठमाडौंबाट लुक्ला, फाप्लु, लामीडाँडा, रुम्जाटार, रामेछाप र भोजपुरका लागि उडान गर्दै आएको छ । त्यस्तै, पोखराबाट जोमसोमका साथै नेपालगन्ज र सुर्खेतबाट डोल्पा, जुम्ला, बाजुरा, सिमीकोट, रारा, रुकुम र बझाङमा समेत हवाई सेवा सञ्चालन गरिरहेको छ ।

आङछिरिङको परिवारले पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढी रुपैयाँ लगानी गरेका छन् । सो परिवारले सगरमाथा क्षेत्रमा मात्र ७ ओटा होटल स्थापना गरेका छन् भने काठमाडौं, पोखरा, चितवन लगायतका धेरै होटलमा लगानी गरेका छन् ।

यती एयरलाइन्सले हाल ७२ सिट क्षमताका ४ ओटा एटीआर ७२–५०० र २९ सिटे ६ ओटा ‘जेटस्ट्रिम–४१’ जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइटका साथै पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटारका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ ।

यती र तारा एयरलाइन्सलाई गाभेर यती एयरलाइन्स मात्र बनाउने गृहकार्य गत वर्षबाटै भएको थियो । तर, आङछिरिङको आकस्मिक निधनपछि दुई कम्पनीलाई गाभ्ने विषय केही समय धकेलिएको स्रोतको भनाइ छ । आङछिरिङले दुवै कम्पनीलाई गाभ्नका लागि आन्तरिक रुपमा मिति समेत तय गरिसकेका थिए । दुई ओटा कम्पनी हुँदा व्यवस्थापनमा समस्या आएको भन्दै उनी एक बनाउन लागिपरेका थिए ।

आङछिरिङको परिवारले पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढी रुपैयाँ लगानी गरेका छन् । सो परिवारले सगरमाथा क्षेत्रमा मात्र ७ ओटा होटल स्थापना गरेका छन् भने काठमाडौं, पोखरा, चितवन लगायतका धेरै होटलमा लगानी गरेका छन् ।

प्रबन्ध निर्देशकका रुपमा जिम्मेवारी लिएकी चन्दासँग यसअघि अन्य कम्पनीमा प्रबन्ध निर्देशकको हैसियतमा काम गरेको अनुभव छ ।शेर्पा परिवार मिडियामा खुल्न चाहँदैन । उनीहरुले हालसम्म कुनै पनि मिडियामा अन्तर्वार्ता र आफ्नो आधिकारिक धारणा राखेको पाइँदैन ।