डिजिटल मार्केटिङमा आक्रमक बन्दै पर्यटन बोर्ड

पर्यटन उद्योग पनि डिजिटलमैत्री नभएको र दक्ष जनशक्ति नभएकै कारण ढिला भएको हो । अब डिजिटल मार्केटिङमा जाने उनले बताए । डिजिटल मार्केटिङ अन्तर्गत चीनबाटै लन्च गर्ने गरी चिनिया भाषामा नयाँ वेवसाइट बनाइरहेको समेत छ ।

नेपाल पर्यटन बोर्ड डिजिटल मार्केटमा आक्रमक बन्दै गएको छ । प्रचार–प्रसार सामग्री प्रकाशनमा बार्षिक करोडौ रुपैयाँ खर्च गर्दै आएको पर्यटन बोर्डले सो रकम घटाउँदै डिजिटल मार्केटिङमा लगानी बढाएको हो ।

पर्यटन बोर्डले प्रचार सामग्री छपाईको खर्च क्रमश कम गराउँदै डिजिटल सामग्री निर्माणमा जोड दिँदै आएको छ । ’सुरुमा जिरो लेभलमा थियौ, अहिले विस्तारै डिजिटल मार्फत प्रचारप्रसारमा लागेका छौ‘, अहिले डिजिटल मार्केटमा लगानी ह्वात्तै बढाएका छौ,’ नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भने ’प्रचार प्रसार सामग्री प्रकाशनका लागि सन २०१५÷०१६ मा १ करोड ८५ लाख, २०१७ मा एक करोड ५० लाख र अहिले एक करोडमा खर्च झारेका छौ. । आउने बर्षमा अझ कममा झार्ने तयारी गरिरहेका छौं ।‘

उनका अनुसार पर्यटन उद्योग पनि डिजिटलमैत्री नभएको र दक्ष जनशक्ति नभएकै कारण ढिला भएको हो । अब डिजिटल मार्केटिङमा जाने उनले बताए । डिजिटल मार्केटिङ अन्तर्गत चीनबाटै लन्च गर्ने गरी चिनिया भाषामा नयाँ वेवसाइट बनाइरहेको समेत सीईओ जोशीले जानकारी दिए ।

वेवसाइटमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारीमुलक सामग्री राख्ने र फोटो प्रकाशन गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए । विश्वले प्रचार प्रसार शैली परिबर्तन गरेर डिजिटल मार्केटिङमा प्रवेश गरिसकेको बेला नेपाल पर्यटन बोर्ड भने पुरानै शैलीलाई पच्छाउँदै बार्षिक करोडौ रुपैयाँ खर्च गर्ने गरेको छ । तर, पछिल्ला केही बर्ष यता प्रचार प्रसार सामग्रीको खर्च घटाउँदै डिजिटल मार्केटिङलाई प्रथामिकतामा राख्दै आएको बोर्डका सीईओ जोशीको भनाई छ ।