अमेरिकामा सामान पठाउन सिमरामा काम सुरु

जग्गा विकास कार्य अन्तर्गत ८ किलोमिटर बाटो पिच गर्ने कार्य भइरहेको छ । त्यसैगरी, भवन निर्माणको काम पनि रफ्तारमा अघि बढेको छ । खोलामा बाध बाध्ने, पर्खाल लगाउने, ढल निकास तथा साइकल ट्रयाक खोल्ने काम तीब्र गतिमा अघि बढेको । उक्त क्षेत्रमा जतिसक्दो चाँडो उद्योग स्थापना गर्ने गरी अबको १५ महिनाभित्र बाटो बनाइसक्ने र दुई वर्षभित्र सम्पूर्ण भवन निर्माण सकेर उद्योग स्थापनाका लागि उद्योगीलाई हस्तान्तरण गर्ने योजना छ ।

अमेरिकाले उपलब्ध गराएको शून्य भन्सारमार्फत सामान निर्यात गर्न सरकारले बाराको सिमरामा ३ सय ४० विघामा गार्मेन्ट प्रोसेसिङ जोनको कार्य सुरु गरेको छ ।अमेरिकाले उपलब्ध गराएको ६६ ओटा वस्तुको शून्य भन्सार उत्पादन गर्ने गरी विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणले निर्माण कार्य सुरु गरेको हो ।

‘१५ दिन अघिबाट धमाधम निर्माण कार्य सुरु भइरहेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले क्यापिटलसँग भने, ‘अर्को आर्थिक वर्ष भित्र निर्माण कार्य पूरा भएर उत्पादन पनि सुरु हुन्छ ।’ करिब ८ सय ५० बिघामा फैलिएको सिमरा गार्मेन्ट प्रोसेसिङ जोनको ब्लक ए तीन सय ३४ बिघा छ । उक्त क्षेत्रमा कम्तीमा ६९ प्लटमा उद्योग स्थापना गर्नका लागि पूर्वाधार निर्माणका काम सुरु भएको भट्टले जानकारी दिए ।

उनका अनुसार जग्गा विकास कार्यअन्तर्गत ८ किलोमिटर बाटो पिच गर्ने कार्य भइरहेको छ । त्यसैगरी, भवन निर्माणको काम पनि रफ्तारमा अघि बढेको भट्टले जानकारी दिए । खोलामा बाँध बाध्ने, पर्खाल लगाउने, ढल निकास तथा साइकल ट्रयाक खोल्ने काम तीब्र गतिमा अघि बढेको उनको भनाइ छ । उक्त क्षेत्रमा जतिसक्दो चाँडो उद्योग स्थापना गर्ने गरी अबको १५ महिनाभित्र बाटो बनाइसक्ने र दुइृ वर्षभित्र सम्पूर्ण भवन निर्माण सकेर उद्योग स्थापनाका लागि उद्योगीलाई हस्तान्तरण गर्ने योजना उनको छ ।

सिमरा सेजको ब्लक ए बनाउन उद्योग मन्त्रालयले दुई अर्ब ५० करोड रुपैयाँ बजेट माग गरेको थियो । उक्त क्षेत्रमा निर्यातयोग्य गार्मेन्ट उद्योग स्थापना हुन लागेको हो । निर्यातको लागि मापदण्ड पूरा नगरेका गार्मेन्ट उद्योगलाई त्यहाँ प्रतिस्थापन गरिने उद्योग मन्त्रालयले बताएको छ ।
विशेष आर्थिक क्षेत्रको जस्तै सुविधा पाउने यो केन्द्रमा स्वदेशी र विदेशी तयारी पोशाकका लगानीकर्ताले उद्योग स्थापना गर्न पाउँछन ।

 

विशेष आर्थिक क्षेत्र समितिले तयार पारेको विस्तृत सम्भाब्यता अध्ययनमा पहिलो चरणमा ७० वटा उद्योग स्थापना गर्न सकिन्छ ।
गत आर्थिक वर्षमा नेपालबाट ७ अर्ब २९ करोड ९५ लाख रुपैयाँबराबरकोे गर्मेन्ट निर्यात भएको छ । यो रकमलाई दोब्बर बनाउने गरी सेजले निर्माण कार्यलाई तीब्रता दिएकोे हो । सिमरा जोन बनेपछि धेरै ओटा उद्योग स्थापना हुने र निर्यातमा ठूलो योगदान रहने भट्टले जानकारी दिए ।
सेजले जोनमा २४ सै घण्टा बिजुली, पानी, हाइ स्पिड इन्टरनेट लगायतका पूर्वाधारहरुको व्यवस्था गर्ने छ ।

दुई वर्षको अवधिमा बारा जिल्ला र आसपासका चितवन मकवानपुर रौतहट पर्सालगायतका जिल्लाका ४० हजार व्यक्तिलाई आधारभूत तथा सीप विकास तालिम दिने सरकारी तयारी छ । उक्त क्षेत्रमा स्थापित हुने उद्योगको लागि कम्तीमा ३० मेगावाट विद्युत् आवश्यक पर्ने देखिन्छ । त्यसका लागि उर्जा मन्त्तालयसँग कुरा भइरहेको छ । विद्युत्को पनि व्यवस्थापन हुने सेजले जनाएको छ ।

अमेरिकाले विश्वका अन्य मुलुकलाई दिएको सुविधा जस्तै नेपालबाट पनि उनीहरूको मापदण्ड पूरा भए–नभएको निरीक्षण गरेरमात्र उक्त सुविधा दिने गर्छन् । अमेरिकी मापदण्ड पूरा गर्न कुनै पनि उद्योग ‘एक्सपोर्ट प्रोसेसिङ जोन’ (औद्योगिक क्षेत्र)मा सञ्चालन भएको हुनुपर्छ ।
अमेरिकाले दिएको पछिल्लो सुविधा उपभोग गर्न सके १० वर्षको अवधिमा करिब पाँच खर्बबराबरको पोसाक निर्यात हुने देखिन्छ । साथै, करिब ८ लाख नेपालीको लागि प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ । सन् २००५ मा मल्टिफाइबर एग्रिमेन्टको म्याद सकिएर भन्साररहित सुविधा कटौती भएपछि नेपाली निर्यातकर्ताले अमेरिकामा ११.५ देखि १७ प्रतिशत भन्सार महसुल तिर्नुपरेको थियो ।

भन्सार छुटको सुविधा प्राप्त हुने वस्तुमा सुती कपडा, मानव निर्मित रेशाबाट उत्पादित कपडा, उनी कपडा, उल्लेखित कपडाहरूबाट निर्मित तयारी पोसाक, कार्पेट, छालाको झोला, सुटकेस आदि रहेका छन् । नेपालले शून्य भन्सार सुविधा २०२५ डिसेम्बर ३१ सम्म प्राप्त गर्नेछ ।