घाँसे मैदानकाे जहाज पार्किङमा पुग्याे, १२ घण्टापछि अन्तर्राष्ट्रिय उडान

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उड्ने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेकाे मालिन्दाे एयरकाे जहाजलार्इ निकालेर सुरक्षित रूपमा पार्किङमा पुर्याइएकाे छ ।  जहाज निकाल्न ७० जना नेपाली सेना, प्रहरी ३० र नेपाल एयरलाइन्सका ३० जना कर्मचारी खटिएका थिए । यस्तै जेसीबी २ अाेटा क्रेन २ र टाेबार २ अाेटा प्रयाेग भइरहेकाे थियाे ।

जहाज निकालेपछि अवरूद्ध भएकाे अन्तर्राष्ट्रिय उडान सुचारू भएकाे महाप्रबन्धक राजकुमार क्षेत्रीले क्यापिटल नेपाललार्इ जानकारी  दिए ।