मालिन्दो एयरको निरीक्षण गर्न मलेसियन प्राविधिक टोली आजै काठमाडौंमा

जहाजको निरीक्षणका लागि मलेसियाबाट इन्जिनियरहरु ४ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्ने विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिए ।

मालिन्दो एयरको जहाज निरीक्षणका लागि मलेसियाबाट प्राविधिक टोली आज नेपाल आइपुग्ने भएको छ । काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने क्रममा स्पिड लिएर टेकअफ गर्न लाग्दा डिस्प्लेमा केही खराबीको सिग्नल देखिएपछि आपत्कालीन ब्रेक लगाउँदा जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

बिहीबार राति १० बजेर १० मिनेट जाँदा मालिन्दो एयरको बी ७३७–९०० सिरिजको उडान नम्बर ओडी १८१ रजिष्टर नम्बर ९ एम–एलएनजे वायुयान घाँसे मैदानमा पुगेको थियो । जहाजको निरीक्षणका लागि मलेसियाबाट इन्जिनियरहरु ४ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्ने विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिए । ’इन्जिनियरहरु नेपाल आइपुग्ने बित्तिकै जहाजको चेकजाँच सुरु हुन्छ,’ प्रवक्ता ठाकुरले भने ।