सिन्डिकेट निस्तेज पार्न तीन ओटै सुरक्षा निकाय परिचालन

नाजायज माग राखेर सरकारलाई घुडा टेकाउन खोजे पछि सरकार बाध्य भएर तीन ओटै सुरक्षा निकायलाई सडकमा उतार्ने भएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र सुवेदीका अनुसार व्यवसायीले निर्वाध रुमपा यातायात सञ्चालन गर्न सक्ने बताए । ‘सुरक्षाको प्रवन्ध सरकारले गरेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘व्यवसायीले निर्वाध रुपमा गाडी सञ्चालन गरे हुन्छ ।’

व्यवसायीको सिन्डिकेटलाई निस्तेज पार्न सरकारले तीन ओटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ । सडकमा गुडेका गाडीलाई जबरजस्ती बन्द गराउन खोज्ने आन्दोलनकारीलाई तत्काल पक्राउ गर्न तीन ओटै सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिए ।

७७ ओटै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ४ बुद्धे निर्देशन समेत भइसकेको उनले जानकारी दिए । यातायात सञ्चालन नगर्ने व्यवसायीलाई के गर्ने, सडकमा गुडेका गाडीलाई अवरोध पु¥याए कस्तो कारबाही गर्ने भन्ने बारेमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको उनले जानकारी दिए ।

नजायज माग राखेर सरकारलाई घुडा टेकाउन खोजे पछि सरकार बाध्य भएर तीन ओटै सुरक्षा निकायलाई सडकमा उतार्ने भएको हो । गहृ मन्त्रालयका प्रवक्ता रामचन्द्र सुवेदीका अनुसार व्यवसायीले निर्वाध रुमपा यातायात सञ्चालन गर्न सक्ने बताए । ‘सुरक्षाको प्रवन्ध सरकारले गरेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘व्यवसायीले निर्वाध रुपमा गाडी सञ्चालन गरे हुन्छ ।’

राष्ट्रिय यातायत व्यवसायी महासङ्घले शुक्रबार र शनिबार देशभर यातायात बन्द गरेर आफ्ना माग सम्बोधन गराउन लागेपछि सरकारले सुरक्षा निकायलाई ब्यारेकबाट निकालेको हो । यातायत सञ्चालन गर्ने व्यवसायीलाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभूत गराउने र यातायात सञ्चालन गर्नेलाई जबरजस्ती गरे तत्काल पक्राउ गरेर आवश्यक कारबाही गर्ने गृहसचिव प्रेमकुमार राईले जानकारी दिए ।

महासङ्घले सिन्डिकेट विरुद्ध सरकारलाई घुँडा टेकाउन भन्दै शुक्रबार देशभरका सवै सार्वजनिक यातायात ठप्प निर्णय गरको छ । शुक्रबार र शनिबारको बन्द गर्ने जनाएपछि बिहीबार लामो दुरीका बस यातायात चलेका छैनन । यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार शुक्रबार देशभरका छोटो तथा लामो दुरीका यातायात बन्द गर्ने पूर्वघोषित कार्यक्रम रहेको बताए ।

‘शुक्रबार र शनिबार विभागमा दर्ता भएको देशभरका सवै सार्वजनिक यातायात बन्द गर्छौ’ उनले भने, ‘मुलुकभरका सवै यातायात समिति समितिलाई निर्देशन दिएका छौँ ।’ सरकारले सिन्डिकेट विरुद्ध यातायात व्यवसायीलाई वेवास्ता गरकोले बन्दलाई सशक्त बनाउने बताएको छ ।
उनका अनुसार कतिपय यातायात व्यवसायीले बिहीबार नै काउन्टर बन्द गरी लामो दुरीका यातायात रोकेका छन । महासङ्घले विहीबार मध्यान्ह या साँझ छुट्ने लामो तथा छोटो दुरीका यातायात सडकमै रोकिने भएकाले यातायात नचलाउन आग्रह गरेको छ ।

शुक्रबार यातायात सञ्चालनमा रोक्नेलाई तत्काल कानुनी कारबाही गर्ने सरकारले बताएको छ । त्यसका लागि शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सेनालाइ तयारी अवस्थामा रहन आग्रह गरेको छ । यातायात व्यवसायीले ढुक्क भएर सवारी चलाउन सक्ने सुरक्षाको वातावरण मिलाउने गृह मन्त्रालयले जनाएको छ ।