यातायात महासंघद्धारा बन्द फिर्ता, पक्राउ परेका आफ्ना कार्यकता बिनासर्त रिहाइ गर्नुपर्ने माग

नेपाल यातायात व्यवसायी राष्टिय महासंघले सिन्डिकेटका पक्षमा गरिएको आन्दोलन फिर्ता लिएको छ ।

महासंघले प्रेस विज्ञप्ती जारी गर्दै बन्दका कारण सर्वसाधारण जनतालाई परेको असुविधा प्रति क्षमा माग्दै हड्ताल फिर्ता लिएको घोषणा गरेको हो त्यस्तै आन्दोलनमा साथ दिने सवै व्यवसायी समितिका तथा संघका पदाधिकारी तथा सदस्यहरुलाई धन्यबाद दिएको छ ।

महासंघले ग्यारेजमा थन्क्याईका सार्वजनिक यातायातका सेवालाई यथावत रुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह समेत गरेको छ । योगेन्द्रनाथ कर्माचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरकारले आफ्ना यातायात व्यवसायीलाई निन्दनीय रुपमा पक्राउ गरेको प्रति आपत्ति जनाउँदै विनासर्त रिहाइ गर्न महासंघले माग गरेको छ ।

यातायातका क्षेत्रमा विद्यमान देखा परेका समसामयिक समस्याहरुको स्थायी समाधानका महासंघले उठान गरेका मागहरुलाई वार्ताद्धारा समाधान गर्न नेपाल सरकारलाई समेत अनुरोध गरिएको छ । सरकारले वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा पञ्चायतकालको शासन जस्तै एकतर्फी लाद्न खोजेको महासंघको आरोप छ ।