‘नयाँ डोमेस्टिक एयरपोर्ट निर्माणकाे जिम्मा निजी क्षेत्रलाई दिन सकिन्छ’,– मन्त्री अधिकारी

प्रारम्भीक अध्ययन अनुसार एयरपोर्ट निर्माणको लागि करिव ३ अर्ब लागत लाग्ने प्राविधिकहरु बताउँछन् । काठमाण्डौ बाट २५ किलोमिटर टाढा रहेको नागीडाँडा प्राविधिक दृष्टिकोणले उपयुक्त रहेको मन्त्री अधिकारीलाई जानकारी दिइसकेका छन् । ईन्जिनियर गुरुदत्त अधिकारीले ८ सय मिटर लामो धावन मार्ग निर्माण गर्न सकिने बताए । उनले २५ हेक्टर क्षेत्रफल जग्गा रहेको सो डाँडामा ३० देखि ५० मिटर सम्म माटो कटिङ गर्न सके २० वटा साना जहाजहरु र हेलिकप्टरहरु पार्किङ गर्न सकिने बताए ।

सरकारले तीव्र रुपमा जग्गा खोजेर निर्माण गर्न खोजेको डोमेस्टिक एयरपोर्ट निजी क्षेत्रलाई पनि दिन सक्ने जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप कम गर्न विकल्प खोजिरहेको सरकारले नयाँ एयरपोर्टको निर्माण निजी क्षेत्रलाई दिन सकिने जनाएको हो ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डोमेस्टिक एयरपोर्ट निर्माणको लागि निजि क्षेत्रलाई दिन सकिने बताए । ‘निजि क्षेत्रलाई पनि सरकारको साथमै काम गराउने मन छ,’ मन्त्री अधिकारीले भने । ‘आवश्यक परे निजि क्षेत्र लाई एयरपोर्ट बनाउने जिम्मा दिन्छुु’ ।

अधिकारीले काभ्रेपलान्चोक जिल्लाको नागीडाँडामै डोमेस्टीक एयरपोर्ट बन्ने निश्चित भएको बताए । क्यापिटल नेपालसँग कुरा गर्दै मन्त्री अधिकारीले जस्तो सुकैमुल्य चुकाएर भएपनि नागीडाँडामै एयरपोर्ट बनाउने घोषणा गरेका हुन ।

‘नागीडाँडामा एयरपोर्ट नबनाउन चौतर्फि विरोध आएको छ,’ उनले भने । तर त्यहि उपयुक्त छ र त्यहि निर्माण हुन्छ, । ‘डोमेस्टिक एयरपोर्टको लागि उपयुक्त स्थान नागीडाँडा नै देखेको छु, मन्त्री अधिकारीले भने, सार्वजनिक जग्गा धेरै पर्ने र व्यक्तिगत जग्गा थोरै पर्ने भएकोले मुआव्जा पनि कम तिरे हुन्छ’ ।

एयरपोर्टको लागि उपयुक्त स्थानको खोजि गर्न काभ्रे पुगेर फर्किएका मन्त्री अधिकारीले विज्ञहरु अहिले नागीडाँडाको अध्धयनमा लागिरहेको बताएका छन् ।

धेरै विकसित मुलुकहरुमा अन्तराष्ट्रिय विमानस्थल सँगै डोमेस्टिक एयरपोर्ट पनि नजिकै हुने गरेको पाइएको बताउदै नेपालमा पनि त्यस्को आवश्यकता रहेको मन्त्री अधिकारीको भनाइ छ । ‘नागीडाँडा बाट सबै आन्तरिक उडान हुदैन, केहि माउन्टेन फ्लाइटलाई त्यस बाट गराउने हो, उनले भने । केहि हेलिकप्टरहरु पनि त्यहाँ अवतरण गर्न सकिन्छ’ ।

प्रारम्भीक अध्ययन अनुसार एयरपोर्ट निर्माणको लागि करिव ३ अर्ब लागत लाग्ने प्राविधिकहरु बताउँछन् । काठमाण्डौ बाट २५ किलोमिटर टाढा रहेको नागीडाँडा प्राविधिक दृष्टिकोणले उपयुक्त रहेको मन्त्री अधिकारीलाई जानकारी दिइसकेका छन् । ईन्जिनियर गुरुदत्त अधिकारीले ८ सय मिटर लामो धावन मार्ग निर्माण गर्न सकिने बताए । उनले २५ हेक्टर क्षेत्रफल जग्गा रहेको सो डाँडामा ३० देखि ५० मिटर सम्म माटो कटिङ गर्न सके २० वटा साना जहाजहरु र हेलिकप्टरहरु पार्किङ गर्न सकिने बताए ।

नागीडाँडामा एयरपोर्ट बनाउनका लागि त्यस क्षेत्रका स्थानीयहरु पनि लागि परेका छन् । सञ्चारराज्य मन्त्री एवंम काभ्रेका जनप्रतिनिधि गोकुल बाँस्कोटाले काभ्रेमा एयरपोर्ट बनाउन आफुहरु २०५६ साल देखी नै लागिपरेको बताए । ‘पर्यटन मन्त्रीको अहिलेको सक्रियता देख्दा काभ्रेमा एयरपोर्ट बन्नेमा आशावादी छौ,’ उनले भने । ‘हामी सहयोग गर्न तयार छौ ’