पर्यटन


‘रिमोट पार्किङ वे’ सञ्चालनमा आएसँगै आकाशमा जहाज होल्ड हुने समस्या हट्यो

‘रिमोट पार्किङ वे’ सञ्चालनमा आएसँगै आकाशमा जहाज होल्ड हुने समस्या हट्यो

२३ जेष्ठ २०७६, बिहीबार १६:१६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिमोट पार्किङ वे सञ्चालनमा आएसँगै आकाशमा जहाज होेल्ड हुने समस्या कम भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले करिब १६ महिनाको मेहनतपछि पार्किङ वे निर्माण भएको बताउँदै चाप भएकै कारण जहाज आकाशमा होल्ड हुने समस्या पूर्णरुपमा समाधान भएको बताए.....

हिमाल आरोहणलाई व्यवस्थित बनाउन पर्यटन मन्त्रालयले आरोही कामिरीता शेर्पासहितको विज्ञ समूह बनाउँदै

हिमाल आरोहणलाई व्यवस्थित बनाउन पर्यटन मन्त्रालयले आरोही कामिरीता शेर्पासहितको विज्ञ समूह बनाउँदै

२३ जेष्ठ २०७६, बिहीबार १३:२१

काठमाडौं । हिमाल आरोहणलाई व्यवस्थित बनाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञ समूह बनाउने भएको छ । पर्यटन क्षेत्रको बलियो क्षेत्रको रुपमा रहेको हिमालमा पछिल्लो समय विकृती फैलिएको समचारहरु सार्वजनिक भइरहेको बेला मन्त्रालयले विज्ञ समूह बनाउन लागेको सचिव मोहनकृष्ण सापकोटाले जानकारी.....

बाँदरमुढेमा स्मृति उद्यान बनाउन १२ करोडको डीपीआर निर्माण

बाँदरमुढेमा स्मृति उद्यान बनाउन १२ करोडको डीपीआर निर्माण

२३ जेष्ठ २०७६, बिहीबार ११:५१

चितवन । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान.....

अन्नपूर्ण हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण

अन्नपूर्ण हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण

२३ जेष्ठ २०७६, बिहीबार १०:४४

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र.....

‘हिमालयन ट्राभल मार्ट’ आजदेखिः ४३ देशका ७०० को सहभागिता रहने

‘हिमालयन ट्राभल मार्ट’ आजदेखिः ४३ देशका ७०० को सहभागिता रहने

२३ जेष्ठ २०७६, बिहीबार १०:२४

 काठमाडौं l नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण बिहीबादेखि काठमाडौंमा सुरु हुँदै छ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नेपाललाई हिमालयन प्रवेशद्वारका.....

चार महीनामा १० हजार विदेशी पर्यटक मनाङमा, सबैभन्दा बढी इजरायली नागरिक

चार महीनामा १० हजार विदेशी पर्यटक मनाङमा, सबैभन्दा बढी इजरायली नागरिक

२३ जेष्ठ २०७६, बिहीबार १०:०१

मनाङ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र.....

ठमेल पर्यटन विकास परिषद्मा ३ जनाको उम्मेद्वारी

ठमेल पर्यटन विकास परिषद्मा ३ जनाको उम्मेद्वारी

२३ जेष्ठ २०७६, बिहीबार ०९:२२

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी.....

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो गौरीशङ्कर संरक्षण क्षेत्रमा भेटियो

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो गौरीशङ्कर संरक्षण क्षेत्रमा भेटियो

२३ जेष्ठ २०७६, बिहीबार ०८:५७

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो । आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१.....

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

२३ जेष्ठ २०७६, बिहीबार ०८:२७

अत्तरिया । एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र.....

यात्रु नपाएपछि वायुसेवा निगमको जापान उडान सर्यो, भदौदेखि ओसाका र नारितामा उडान गर्ने

यात्रु नपाएपछि वायुसेवा निगमको जापान उडान सर्यो, भदौदेखि ओसाका र नारितामा उडान गर्ने

२२ जेष्ठ २०७६, बुधबार १४:४७

काठमाडौं । वाइडबडी खरिदको एक वर्षपछि जापान उडान गर्ने तयारी गरेको नेपाल वायुसेवा निगमको तालिका फेरि सरेको छ । असार १९ गतेबाट नियमित उडान गर्ने गरी तयारी गरेको निगमले यात्रु नपाएकै कारण भदौका लागि उडान तालिका सारेको कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । असार र साउन जापानका लागि अफ सिजन रहेको र यात्रुको.....