पर्यटन


जीर्ण पुलमा जोखिमपूर्ण यात्रा

जीर्ण पुलमा जोखिमपूर्ण यात्रा

५ आश्विन २०७५, शुक्रबार ११:०८

बैतडी जिल्लाकाे डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् । उक्त पुल जीर्ण हुँदा स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ । वर्षौ पारानो पुलको फल्याक कुहिएर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का.....

पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

५ आश्विन २०७५, शुक्रबार १०:४५

पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ । बुटवलको अत्यधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम अनुकूल भएकाले पनि सो क्षेत्रमा पर्यटकीय आकर्षण बढ्दै गएको हो । बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा पर्ने नुवाकोटमा निजी क्षेत्रले.....

६ महिनामा ६ लाख ८० हजार पर्यटक नेपाल भित्रिए

६ महिनामा ६ लाख ८० हजार पर्यटक नेपाल भित्रिए

४ आश्विन २०७५, बिहीबार १६:२७

छ महिनाको अवधिमा ६ लाख ८० हजार नौ सय ९६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार अगष्टमा मात्र ८७ हजार छ सय ७९ जना पर्यटक नेपाल आएका छन् । २०१७ को अगष्टमा ७३ हजार सात सय ७८ जना पर्यटक नेपाल आएका थिए । पर्यटनका लागि अफ सिजनको रुपमा लिइने असार र साउन महिनामा उत्साहजनक पर्यटक.....

पर्यटक तान्दै भकुण्डेको घरबास

पर्यटक तान्दै भकुण्डेको घरबास

४ आश्विन २०७५, बिहीबार १३:२३

गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा बागलुङकाे भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ । सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर भएको छ । घरबास आन्तरिक तथा बाह्य पर्यटक तान्ने मुख्य.....

नेपालगञ्ज विमानस्थल स्तोरन्नति हुँदै

नेपालगञ्ज विमानस्थल स्तोरन्नति हुँदै

४ आश्विन २०७५, बिहीबार ११:५८

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने.....

पर्यटकीय क्षेत्र २४सै घण्टा खुलाउन ढिलाइ

पर्यटकीय क्षेत्र २४सै घण्टा खुलाउन ढिलाइ

३ आश्विन २०७५, बुधबार १३:२८

काठमाडौँका पर्यटकीय क्षेत्रको व्यवसाय २४सै घण्टा खुला गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा ढिलाइ भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्रभित्रका केही स्थान २४सै घण्टा खुलाउने योजना ल्याएको थियो । जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका सहायक.....

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

३ आश्विन २०७५, बुधबार १०:०९

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ.....

यतीको नयाँ जहाज काठमाण्डौं आइपुग्यो

यतीको नयाँ जहाज काठमाण्डौं आइपुग्यो

२ आश्विन २०७५, मंगलवार २१:४५

यती एयरलाइन्सको नयाँ जहाज मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । एयरलाइन्सको तेश्रो एटीआर ७२–५०० विमान आइपुगेको जनाएको छ । उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौं अवतरण गरेको हो । यो फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान.....

पाटा ट्राभल मार्ट सम्पन्न

पाटा ट्राभल मार्ट सम्पन्न

२ आश्विन २०७५, मंगलवार १०:५०

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको.....

अन्नपूर्ण अाधार शिविरका होटलको क्षमता विस्तार

अन्नपूर्ण अाधार शिविरका होटलको क्षमता विस्तार

२ आश्विन २०७५, मंगलवार १०:३७

अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी.....