हवाइ क्षेत्रको अग्रणी कम्पनीको रुपमा स्थापित यति एयरलाइन्ससँग तारा एयर गाभिने भएको छ । आउने जनवरीदेखि यति एयरलाइन्सको नाममा मात्र जहाज सञ्चालनमा ल्याउने गरी प्रक्रिया अगाडी बढाइएको छ । यी दुवै एयरलाइन्स पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको हो । तारा एयर सन् २००९ बाट सञ्चालनमा आएको थियो । यति एयरलाइन्सका.....
प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड रूपैयाँ लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो.....
महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो । नेपाल सरकार र निर्माण कम्पनीबीच.....
आन्तरिक हवाई टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने भएको छ । अनलाइनमार्फत् टिकट बुकिङ गरेर चाहेको बेला हवाई यात्रा गर्न सकिने भएको हो । पर्यटन व्यवसायी सुमन घिमिरेको समूहले सञ्चालनमा ल्याएको फ्लाईइन नेपाल डट कमबाट ग्राहक आफैले टिकट बुकिङ गर्न सक्ने छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष एवम् जङ्गल.....
रेष्टुरेन्ट कल्चरमा पारिवारिक वातावरण थपेर नयाँ गति ल्याउने नकुल शेरचन सधैं केही गरौं भन्ने हुटहुटीमा हुन्छन् । त्यही हुटहुटीले उनलाई बागलुङदेखि काठमाडौं, काठमाडौंदेखि जापान पुर्याएर अहिले जापानबाट फेरि काठमाडौंमै फर्कायो । जापान घुम्न गएका शेरचनलाई जापानले नै १४ वर्ष घुमायो । त्यो १४ वर्षमा उनले.....
पोखरा र मुस्ताङ आफैंमा परिचय बनाएका दुई फरक स्थान हुन् । यी दुवैको आआफ्नै विशेषता छ । सराङकोटबाट गरिने प्याराग्लाइडिङ होस् वा फेवातालमा बोटिङ अथवा पोखरा वरपरका स्थानमा गइने हाइकिङले पर्यटकलाई मनोरञ्जन दिन्छन् नै । त्यसमा पनि पोखरादेखि मुस्ताङसम्मको यात्रामा जाने जोकोहीले यहाँका परिदृश्यलाई अवलोकन.....
काठमाडौँस्थित बौद्धमा एक अर्ब रुपैँया खर्च गरी मुखुम अन्र्तराष्ट्रिय होटल खुलेको छ । पछिल्लो समय ठूला लगानीमा होटल व्यवसाय गर्ने होडबाजी चलिरहेका बेला मुगुवाली एक व्यवसायी तथा समाजसेवीले उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलको शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले.....
भक्तपूरमा रहेको ऐतिहासीक चाँगुनारायण मन्दिरमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भुकम्पले क्षतिग्रस्त पाँचौ शताब्दीमा निर्मित चाँगुनारायण मूल मन्दिरको जीर्णोद्धार पछि शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले मन्दिरमा क्षमापूजा गर्दै सर्वसाधारणका लागि खुला गरेका.....
चार वर्षमा १३ हजार ३३ विदेशी नागरिक बिजनेस भिसामा नेपाल आएका छन् । नेपालमा आएका विदेशीमध्ये ७५ प्रतिशत चिनियाँ रहेको अध्यागमन विभागले जनाएको छ । पछिल्लो पटक बिजेनस भिसामा नेपाल आउनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको छ । व्यवसाय गर्ने उद्देश्यले विभिन्न देशका नागरिकले बिजनेस भिसा लिने गरेका छन् । अध्यागमन.....
काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ.....