पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्यान्डका अरुनमेन उदनान र चाचना सिनपुरु र भने भारतको.....
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन.....
सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि.....
काठमाडौंको धूलोधूवाँ र कोलाहलबाट केही समय मुक्त हुने सोचमा हुनुहुन्छ ? त्यसो हो भने गतिलो गन्तव्य बन्न सक्छ— ककनीदेखि सूर्यचौर । शान्त, स्वच्छ वातावरणमा १४ किलोमिटरको दूरी करिब तीन घण्टाको पैदल यात्रा गर्दै त्यहाँको मनोरम दृश्य नजिकबाट नियाल्न सकिन्छ । राजधानीबाट करिब २ घण्टाको गाडीको यात्रा गरेपछि.....
मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको.....
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको दहचोकस्थित इन्द्रदह पर्यटकीय गन्तव्य बन्दै गएको छ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएकाले यहाँ सर्वसाधारणको आकर्षण बढेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्छ । मेला.....
विश्व पर्यटन दिवसको अवसरमा होटल एसाेसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनाको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए । उनका अनुसार २०.....
९ दिनपछि अल्टिच्युड एयरको ’सस्पेन्ड’ फुकुवा भएको छ । भदौ २३ गते हेलिकोप्टर दुर्घटना परेपछि २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेफ्टी एसेसमेन्टका लागि भन्दै उडान रोकेको थियो । आइतबार रातिबाट ‘सस्पेन्ड’ फुकुवा गरिएको क्यानका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । अल्टिच्युड एयरले बुझाएको.....
दसैंका लागि अग्रिम टिकट भोलिदेखि खुला हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले भोलि (मङ्गलबार)देखि अग्रिम टिकट खोल्ने निर्णय गरेको हो । यसअघि यातायात व्यवसायीले ५ गतेदेखि टिकट बुकिङ खोल्न सहमति जनाएका थिए । तर, इन्धनको भाउ बढेपछि भाडा समायोजन गर्नुपर्ने भन्दै बुकिङ रोकेका.....
मुलुकको तेस्रो केबलकारको रुपमा स्थापना भएको कालिञ्चोक केबलकार प्रारम्भिक परीक्षणमा सफल भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको केबलकारले पहिलो चरणको टेस्ट पास गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा निर्माण भइरहेको केबलकारको काम अन्तिम चरणमा पुगेको छ.....