लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण.....
डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परि एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला आगोमा परेर जलेपछि.....
काठमाडौं । १२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका अवसरमा नारायणहिटी दरबार परिसरमा बनाइएको गणतन्त्र स्मारकको उद्घाटन गरिएको छ । स्मारकको बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । स्मारकको उद्घाटनपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकनसमेत गरेकी.....
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागीताका लागि उद्योगपति विनोद चौधरीलाई निमन्त्रणा गरिएको छ । चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उद्योगपति चौधरीलाई भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागीताका लागि भारतको राष्ट्रपति कार्यालयबाट औपचारिक निमन्त्रणा.....
गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो । कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा.....
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद (छै्रठौं संशोधन) नियमावली–२०७५ का केही बुँदाहरुको विरोधस्वरुप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कार्य समितिको बैठकले सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार व्यवसायीले.....
सरकारले दोस्रो बजारमा कारोबार गर्ने सेयरधनीले सेयर खरिद गर्दा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजीगत लाभकर ५ प्रतिशत कायम हुने घोषणा गरेका हुन् । यसअघि चालू आर्थिक वर्षको बजेटमा प्राकृतिक व्यक्तिको पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत कायम गरेका थिए । त्यसमा सेयर बजारका.....