समाचार


बौद्धमा शंख बजाएर सरकारको विरोध, स्थानीय र प्रहरीबीच झडप

बौद्धमा शंख बजाएर सरकारको विरोध, स्थानीय र प्रहरीबीच झडप

२६ बैशाख २०७६, बिहीबार १२:१३

काठमाडौं । ४ वर्षदेखि सरकारले बाटो नबाएर बौध बासीलाई दुःख दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । बुधबारदेखि आन्दोलन थालेका स्थानीयबासीले विहीबार बिहान शंख बजाएर सरकारको बिरोध जनाएका हुन् । बिरोध जनाउने क्रममा स्थानीयबासी र प्रहरीबीच केही समय झडपसमेत भएको थियो । झडपका क्रममा केही स्थानीय बासी घाईतेसमेत.....

जनप्रतिनिधिको तलब शिक्षामा

जनप्रतिनिधिको तलब शिक्षामा

२६ बैशाख २०७६, बिहीबार ११:२३

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन् । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट ७८ हजार रुपैयाँ सहयोग गरेका हुन् । प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक.....

कानुन् व्यवसायीले नै झुक्याएर करोडौँको जग्गा आफ्नो नाममा सारे

कानुन् व्यवसायीले नै झुक्याएर करोडौँको जग्गा आफ्नो नाममा सारे

२६ बैशाख २०७६, बिहीबार ११:०५

बाँके । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानुनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो.....

भारतीय सिमेन्ट आयात बन्द

भारतीय सिमेन्ट आयात बन्द

२६ बैशाख २०७६, बिहीबार १०:४७

धनगढी । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा.....

अमेरिकी महान्यायाधिवक्ता रोबर्ट म्युलरविरुद्ध अवहेलना लगाउने पक्षमा संसदीय समितिमा मतदान

अमेरिकी महान्यायाधिवक्ता रोबर्ट म्युलरविरुद्ध अवहेलना लगाउने पक्षमा संसदीय समितिमा मतदान

२६ बैशाख २०७६, बिहीबार ०९:०९

एजेन्सी । अमेरिकाको तल्लो सदनको एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ। गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कंग्रेसको न्यायिक समितिले हान्यायाधिवक्ता रोबर्ट म्युलरविरुद्ध.....

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार सुरु

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार सुरु

२६ बैशाख २०७६, बिहीबार ०८:५०

रुपन्देही । सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार सुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरेका हुन् । उनले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार.....

बुटवलका १५६ घरधनीले पाए जग्गाधनी प्रमाणपत्र

बुटवलका १५६ घरधनीले पाए जग्गाधनी प्रमाणपत्र

२६ बैशाख २०७६, बिहीबार ०८:४०

रुपन्देही । उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नम्बर १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा.....

अलौकिक धाम गलेश्वर

अलौकिक धाम गलेश्वर

२५ बैशाख २०७६, बुधबार १७:५८

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै.....

मकालु हिमाल आरोहण गर्ने क्रममा पेरुका रिचार्ड हिदल्गोको मृत्यु

मकालु हिमाल आरोहण गर्ने क्रममा पेरुका रिचार्ड हिदल्गोको मृत्यु

२५ बैशाख २०७६, बुधबार १६:४७

काठमाडौं । विश्वको पाँचौं अग्लो हिमाल मकालुको आरोहण गर्ने क्रममा पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको ज्यान गएको छ । आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले दिएको जानकारीअनुसार बुधबार बिहान दोस्रो आधार शिविरमा उनलाई मृत अवस्थामा भेटिएको हो । बिना अक्सिजन तथा शेर्पाहरूको थोरै सहयोगमा.....

सुन प्रतितोला २०० बढ्यो

सुन प्रतितोला २०० बढ्यो

२५ बैशाख २०७६, बुधबार १५:४८

बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार प्रतितोला ५९ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको प्रतितोला ५९ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला बुधबार ७.....