काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमडौं आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी.....
रोल्पा । तालावाङ रोल्पाकी ५० वर्षीया लालमती बुढा विगत १० वर्षदेखि सदरमुकाम लिवाङमा ज्यालामजदुरी गर्छिन् । रोजगारीमा भारत गएका श्रीमान्को उतै मृत्यु भएपछि लालमती दुई छोरा एक छोरी लिएर सदरमुकाम लिवाङ आएकी हुन् । लिवाङ आएयता ज्याला मजदुरीबाट जीविका चलाउँदै आएकी छिन् । भैँसीको छालाबाट बनेको डोको बोकेर.....
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैधरुपमा ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले.....
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत नगर क्षेत्रका भूमिहहिन सुकुम्बासी, मुसहर र र पीछडिएका समुदायका गरी ३६ ओटा घर निमार्ण कार्य सुरु गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धी कार्यक्रम र बर्दिवास गरपालिकाको संयुक्त बजेट झन्डै.....
तौलिहवा । तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु ३ प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिएका.....
दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण.....
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालको सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिहेको छ। उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन्। अब उनीहरू आरोहणको लागि उपयुक्त मौसमको प्रतीक्षामा छन्। नेपालको इतिहासमा सगरमाथाको.....
काठमाडौं । कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम सुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत सुरु भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन.....
पाल्पा । माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको.....
काठमाडौं । स्विडेनका पर्यटन व्यवसायी जोहान इस्ट्रन निलसनलाई भ्रमण वर्ष २०२० का लागि सद्भावना दूतका रुपमा नियुक्त गरिएको छ । पर्यटन क्षेत्रमा ख्याति कमाएका जोहानलाई भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले सद्भावना दूतमा नियुक्त गरेका हुन् । सद्भावना दूतमा नियुक्त भएका जोहान पर्यटन उद्यमी, ट्राभल एन्ड.....