काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले.....
भद्रपुर । गरीबी न्यूनीकरण कार्यक्रमअन्तर्गत झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले दुई लाख ७३ हजार मूल्य बराबरका ६५ विपन्न परिवारका उपभोक्तालाई खाटसहित झुल वितरण गरेको छ । साविक चन्द्रगढीका वडा नं ३, ४ र ९ का ६५ उपभोक्तालाई ५०० रूपैयाँ मात्रै लिएर आज ६५ वटा खाट तथा झुल वितरण गरिएको हो । समूहका.....
लम्की । माछा मारेर जीविकोपाजर्न गर्ने माझी समुदायले आफ्नो पुर्खौली पेशा परिवर्तन गर्न थालेका छन् । अल्पसङ्ख्यकको सूचीमा रहेका कैलालीका माझी समुदाय माछा मार्न छोडेर अन्य पेशा रोज्न थालेका हुन् । नदी किनारमा बस्ने माझीको मुख्य पेशा माछा मार्ने हुन्थ्यो । विस्तारै माझी समुदायका युवा सरकारी जागिर रोज्न.....
काठमाडौँ । स्वास्थ्य संस्थामा गर्भ जाँच गर्ने गर्भवती आमामध्ये अत्यन्त कमले मात्र आधुनिक परिवार नियोजन सेवाका बारेमा उचित जानकारी/परामर्श पाउने गर्दछन् । गर्भवती जाँच गराउनेलाई पोषणका साथमा आधुनिक परिवार नियोजनका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी) सेवा लिँदा हुने फाइदा र बेफाइदाका बारेमा.....
काठमाडौँ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश.....
दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना.....
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश/विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ । विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौंको सिभिल अस्पतालमा उपचार.....
दैलेख । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए.....
काठमाडौं । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो । उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा.....
जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा.....