लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई आज पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानको विद्युत् चुहावट नियन्त्रण टोलीले उनीहरुलाई लहान नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ गरेको हो.....
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र.....
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कुल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’.....
ललितपुर । नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि ललितपुरभित्रका ६ वटा पालिकाको कुनै पनि संस्थागत विद्यालयमा हालसम्म निश्चित शुल्क निर्धारण हुन सकेको छैन । केन्द्र सरकारले शिक्षा ऐन निर्माणको काममा ढिलाइ.....
खलङ्गा । जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट सुरु भएको छ । सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भी आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरिन् । सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण.....
लम्की । कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महिनामा.....
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । साइकललाई ठक्कर दिएको बा४१प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा.....
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा झम्सीखेलमा रहेको पाँच तारे होटल भिभान्ताले वृक्षारोपन गरेको छ । होटल नजिकै रहेको मन्जुश्री स्कुुलसँगको सहकार्यमा वृक्षारोपन गरेको हो । सो अवसरमा वातावरण विनासले पर्ने असरको विषयमा चर्चासमेत गरिएको थियो । पछिल्लो समय राजधानीमा बढ्दो जनसंख्यासँगै घनाबस्तीको कारण.....
काठमाडौँ । कति दिनपछि आज मैले बालाजी देख्याँ, पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ । वरिपरि लहरामा भुलिबस्न्या चरा छन्, मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ।। (आदिकवि भानुभक्त आचार्य) पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम.....
हेटौँडा । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाैंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको.....