पूर्वाधार


भेरी बबई डाइभर्सनको २ किमी सुरुङ खन्न बाँकी, बैशाखसम्म सकिने

भेरी बबई डाइभर्सनको २ किमी सुरुङ खन्न बाँकी, बैशाखसम्म सकिने

११ पुष २०७५, बुधबार ११:२७

काठमाडौं : भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.३ किलोमिटर सुरुङमार्गमध्ये १० किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको बाँकी २ किलोमिटर सुरुङ खन्ने काम आगामी बैशाखभित्र सम्पन्न हुने भएको आयोजनाले जनाएको छ । नेपालमा पहिलो पटक अमेरिकी प्रविधिमा चीनमा निर्मित टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग.....

पुनर्निर्माणमा तीन वर्षः निजी आवासमा ७७, विद्यालयमा ८० र सरकारी भवनमा ९५ प्रतिशत प्रगति

पुनर्निर्माणमा तीन वर्षः निजी आवासमा ७७, विद्यालयमा ८० र सरकारी भवनमा ९५ प्रतिशत प्रगति

१० पुष २०७५, मंगलवार १७:१८

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा तीन वर्षमा निजी आवास, विद्यालय र सार्वजनिक भवनको पुननिर्माणमा अपेक्षित उपलव्धि प्राप्त गरेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले तीन बर्षको अवधिमा भएका प्रगति र आगामी दुई वर्षे योजना सार्वजनिक गरेको.....

अनुभव नै नभएको जेआईटीसी रमन जेभीलाई ठेक्का, बनाउला त धरहरा ?

अनुभव नै नभएको जेआईटीसी रमन जेभीलाई ठेक्का, बनाउला त धरहरा ?

१० पुष २०७५, मंगलवार १५:१५

काठमाडौं : अनुभव नभएको कम्पनीले धरहरा बनाउने ठेक्का पाएको खुलासा भएको छ । बोलपत्र आह्वान गर्दा कम रकम बोलकबोल गर्ने जेआईटीसी रमन जेभीले धरहराको मुख्य संरचना अन्डरग्राउन्ड बनाउने जिम्मा पाएको छ । उसले ३ अर्ब ४८ करोड रुपैयाँमा धरहरा बनाउने जिम्मा पाएको हो । जब कि यो कम्पनीसँग धरहरा र भूमिगत संरचना बनाउने.....

बलेवा विमानस्थल बन्यो गौचरन

बलेवा विमानस्थल बन्यो गौचरन

१० पुष २०७५, मंगलवार १४:११

पर्वत : नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महिनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द भएको छ । कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने आठ किलोमिटर सडक कच्ची भएका कारण यात्रुको सङ्ख्या पर्याप्त.....

no-image

सूचना प्रविधि केद्र स्थापना गर्ने १५० स्थानीय तहसँग दूरसञ्चार प्राधिकरणले माग्यो प्रस्ताव : यस्तो छ प्रस्ताव पेश गर्ने ढाँचा

१० पुष २०७५, मंगलवार १२:११

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेका १५० स्थानीय तहसँग नेपाल दूरसञ्चार प्राधिकरणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले प्रविधिको पहुँच नपुगेका स्थानीय तहमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गरी प्रविधिको पहुँच र प्रयोगबाट प्राप्त हुने लाभांश ग्रामीण भेगका दुर्गम क्षेत्रसम्म पुर्याउन.....

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल

९ पुष २०७५, सोमबार १४:०६

काठमाडौँ : जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चार अाेटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण.....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : धावन मार्गको काम २ महिनाभित्र सकिने, एक वर्षभित्र सञ्चालनमा आउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : धावन मार्गको काम २ महिनाभित्र सकिने, एक वर्षभित्र सञ्चालनमा आउने

९ पुष २०७५, सोमबार १४:००

काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको कालोपत्रे २ महिनाभित्रै सकिने भएको छ । चार तहमा कालोपत्रे हुने सो धावनमार्गको पहिलो चरणको काम केही दिनभित्रै सकिने आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्ने गरी आयोजनाले काम अगाडि बढाइरहेको.....

पहिरोको जोखिम अध्ययन सुरु

पहिरोको जोखिम अध्ययन सुरु

९ पुष २०७५, सोमबार १२:३०

म्याग्दी । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन.....

सरकारले ३ अर्ब धरौटी जफत गर्ने भएपछि मेलम्चीको ठेकेदार सीएमसी काममा फर्कियो

सरकारले ३ अर्ब धरौटी जफत गर्ने भएपछि मेलम्चीको ठेकेदार सीएमसी काममा फर्कियो

९ पुष २०७५, सोमबार ११:१२

काठमाडौं । टाट पल्टिएर नेपालबाट भाग्न खोजेको मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिस्टी (सीएमसी) काममा फर्कन सहमत भएको छ । सरकारले झन्डै ३ अर्ब रुपैयाँ धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि यसलाई बचाउन उसले ठेक्का फिर्ता लिएको हो । मेलम्चीको काम सुचारु हुने भएको.....

एचआईडीसीएलले १ अर्बको बोनस सेयर दिने, पुँजी बढाउन १०० प्रतिशत हकप्रद निष्कासन गर्ने

एचआईडीसीएलले १ अर्बको बोनस सेयर दिने, पुँजी बढाउन १०० प्रतिशत हकप्रद निष्कासन गर्ने

९ पुष २०७५, सोमबार १०:३६

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा सञ्चालित हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आउँदो पुस ३० गते हुने सातौं वार्षिक साधारणसभाले १ अर्ब रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले १०० प्रतिशत हकप्रद.....