यहाँस्थित भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो । बाँकेबाट सङ्घीय संसदमा प्रतिनिधित्व गरेका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन.....
कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने छ लेनको सडक निर्माण मुआब्जाका कारण ढिलाइ हुँदै गएको छ । महाकाली पुलसँगै निर्माण हुने पहुँचमार्गअन्तर्गत पर्ने सडक विस्तारका लागि जग्गा र घरको मुआब्जा वितरण प्रक्रियामा ढिलाइ हुँदा योजनाका काम अघि.....
कुल १३६ किलोमिटर लामो निजगढ, हेटाैंडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डीपीआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिए । नयाँ प्रस्तावअनुसार.....
नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । काठमाडौँ उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले.....
१८ महिनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एन्ड स्वच्छन्द जेभीसँग.....
चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ । ् चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानव बस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको.....
दुई महिनादेखि हुलाकी सडक आयोजना निर्देशकविहीन बनेको छ । राष्ट्रिय गौरवको आयोजना निर्देशकविहीन बनेपछि निर्माणका कामले गति लिन सकेका छैनन् । यसअघि हुलाकी राजमार्ग आयोजनामा निर्देशक रहेका श्यामप्रसाद खरेल सडक विभागमा सरुवा भएसँगै आयोजना निर्देशकविहीन बनेको हो । अहिले उक्त राजमार्ग आयोजनामा निमित्तका.....
रुकुम जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ । उक्त आयोजना निर्माणमा करिब १० करोड रूपैयाँ सहयोग उपलब्ध गराएका हङ्कङ निवासी सरमाइकल कादुरीले बिहीबार उद्घाटन गरेका थिए ।.....
म्यादीको अन्नपूर्ण गाउँपालिका—४ नारच्याङमा निर्माणाधीन घलेम्दीखोला जलविद्युत् आयोजनाको २० करोड लागत बढ्ने भएको छ । ८५ करोड रुपैयाँ कुल लागत एस्टिमेट गरेको उक्त आयोजनामा थप २० करोड रुपैयाँ थप लागत लाग्ने भएको हो । हालसम्म आयोजनामा ९० करोड रुपैयाँ खर्च भइसकेको र आयोजना सम्पन्न गर्न थप १५ करोड आवश्यक.....
जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे । पूर्वी.....