समाचार


लुटिएको भनी पैसा लुकाउने पक्राउ

लुटिएको भनी पैसा लुकाउने पक्राउ

१७ माघ २०७५, बिहीबार १३:३०

काठमाडौं ः स्याङ्जा गल्याङका तिलकराम अधिकारी पक्राउ परेका छन् । उनी माघ १६ गते रियल टाइगर टुर्स एन्ड ट्राभल्सको आठ लाख १५ हजार रुपैयाँ बैङ्कमा जम्मा गर्न गएका थिए । तर उनले बीचमै लुटेराहरुले बन्दुक देखाई पैसा लुटिदिए भन्ने झुटो घटना बनाएर पैसा लुकाएको पाइएको छ । तर पछि प्रहरीले उनीसँग केरकार गर्दा घटना.....

नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

१७ माघ २०७५, बिहीबार १२:२३

बर्दिबास : पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको गुनासो बढेको छ । “रातु नदीमा बाढी आउँदा हाम्रो खेत घर बढार्छ, हामीले चम्को लगाउन ढुङ्गा खोज्दा.....

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

१७ माघ २०७५, बिहीबार ११:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार,.....

गाँजासहित एक पक्राउ

गाँजासहित एक पक्राउ

१७ माघ २०७५, बिहीबार ११:२६

वीरगञ्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र.....

जोरपाटीबाट नौ जुवाडे पक्राउ

जोरपाटीबाट नौ जुवाडे पक्राउ

१७ माघ २०७५, बिहीबार १०:४६

साँखु । काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट ८० हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका.....

आफ्नै घर आउन दिन्न सरकार

आफ्नै घर आउन दिन्न सरकार

१६ माघ २०७५, बुधबार १९:००

काठमाडौं । नवलपरासीकी लक्ष्मी पौडेल घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा सयुक्त अरब इमिरेटस (यूएई) गएको ९ वर्ष भयो । सन् २०१० देखि पौडेल (यूएई) को दुबईमा एक जनाको घरमा काम गर्दै आएकी छन् । सोही रोजगारीमार्फत लक्ष्मीले तीन जनाको परिवार हुर्काउँदै आएकी छन् । तर उनी घर आउन नपाएको २ वर्ष हुन लाग्यो । लक्ष्मीलाई.....

बोतलको पानी उत्पादनमा रोक

बोतलको पानी उत्पादनमा रोक

१६ माघ २०७५, बुधबार १४:१३

प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पालना नगर्नेमा बागलुङका.....

नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्बासी चिन्तित

नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्बासी चिन्तित

१६ माघ २०७५, बुधबार १२:१४

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्बासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन् । सुकुम्बासी अरिमान मगर भन्छन्, “विसं २०२९ मै पहिलो पटक पञ्चायत व्यवस्थामा आफूहरु बसेको जग्गा नापी भएको हो, त्यसबेलाको.....

पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

१६ माघ २०७५, बुधबार ११:२२

काठमाडौँ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम.....

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

१६ माघ २०७५, बुधबार १०:३४

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको.....