रत्ननगर : नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा.....
काठमाडौं । काठमाडौंको कपुरधाराबाट पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले एक थान पेस्तोलसहित कालिकोट रासकोट नगरपालिका २ का २० वर्षीय भोजबहादुर खड्कालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खड्काको लैनचौरस्थित डेरामा लुकाइराखेको अवस्था पेस्तोल फेला परेको महाशाखाका.....
सिन्धुपाल्चोक : राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताएकी छन् । जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा.....
पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ । उक्त दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ.....
काठमाडौं : काठमाडौं महानगरपालिकाले भीआईपी एरियालाई लक्षित गर्दै अव्यवस्थित तार हटाउने भएको छ । नेपाल दूरसञ्चार प्रधिकरण, विद्युत् प्रधिकरण, काठमाडौं महानगरपालिका र इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपालको समन्वयमा तार व्यवस्थापन अभियान सुरु भएको हो । अभियानलाई तीव्र रुपमा अघि बढाउने चारओटै निकायको.....
लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा सोमबार बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा.....
रसुवा : पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग.....
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेललाई दस हजार घुससहित रंगेहात पक्राउ गरेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले खरिदार पोखरेललाई सोह्रखुट्टेको एसबी फास्टफुड क्याफेबाट नियन्त्रणमा.....
काठमाडाै : जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरित गृह ग्यासको मात्रा अस्वभाविकरुपमा वृद्धि भएपछि पृथ्वीको अस्तित्वमाथि गम्भीर खतरा आएको भन्दै विश्वका वैज्ञानिकहरु चिन्तित देखिएका छन् । वर्ल्र्ड मिटिअरोजिकल अर्गनाइजेशनले सन् २०१८ नाेभेम्बरमा सार्वजनिक.....
प्रहरीले वीरगन्जबाट ट्रकको ब्याबिनमा राखिएको १ सय ६० किलो अवैध लागुऔषध चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले आइतबार साँझ ७ बजेतिर १ सय ६० किलो चरेससहित ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिकाका सागर वलीलाई पक्राउ गरेको हो । मकवानपुर मनहरिबाट वीरगन्जतर्फ जाँदै गरेको.....