गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी तीन हजार रूपैयाँ पाउनेछन् । लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताए । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता.....
गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली (एनआरएन) दिवस पुँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध.....
सरकारले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी आवास निर्माणका लागि समय थप गरेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका लाभग्राहीले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ आगामी जेठसम्म लिन सक्ने समय तोकेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त अवधिभित्र सबै लाभग्राहीले तेस्रो किस्ता लिन आग्रह समेत.....
सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल.....
नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ । प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण.....
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २–४ जना प्रहरी कर्मचारीको कमीकमजोरीलाई लिएर प्रहरी सङ्गठनलाईनै कमजोरी नठान्न आग्रह गरेका छन् । ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले केही सिमित ब्यक्तिको कारण सबै प्रहरी अधिकारी र सिगौ सङ्गठनलाई गलत.....
नेपालमा आधुनिक सहकारीको इतिहास धेरै पुरानो नभए पनि यसकोे सुरुआत भने २००७ सालको परिवर्तनपछि भएको पाइन्छ । सहकारीको सुरुआत विसं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो । यसको व्यावसायिक र सङ्गठित सुरुवात भने २०१३ चैत २० गते चितवन जिल्लाको बखान सहकारी संस्था स्थापनाले गरेको होे । विसं २०४६ अघि करिब.....
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला सुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ अाेटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित.....
गोरखा कालिका मन्दिरको दसैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार बिहान सबेरै (बिधानअनुसार नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी.....
सेवाग्राहीबाट घुस लिएको आरोपमा जिल्लाका सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश.....