समाचार


नागढुङ्गा–खानीखोला खण्डमा अस्थायी चौकी

नागढुङ्गा–खानीखोला खण्डमा अस्थायी चौकी

१९ आश्विन २०७५, शुक्रबार १२:०२

नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा.....

व्यापारीको झमेलाले भन्सार ठप्प

व्यापारीको झमेलाले भन्सार ठप्प

१९ आश्विन २०७५, शुक्रबार ११:३७

व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी.....

भन्सारले रोक्ने भएपछि ८ करोडभन्दा बढीको ‘चिभास रिगाल’ ल्याउनबाट पछि हट्यो आर्मी

भन्सारले रोक्ने भएपछि ८ करोडभन्दा बढीको ‘चिभास रिगाल’ ल्याउनबाट पछि हट्यो आर्मी

१९ आश्विन २०७५, शुक्रबार ०९:३०

शान्ति मिसनबाट फर्किंदा नेपाल आर्मीले ठूलो परिमाणमा ल्याउन लागेको ‘चिभास रिगाल’ रक्सी भन्सारले रोक्ने चेतावनी दिएपछि ल्याउनबाट हच्किएको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडान, कङ्गो र हाइटीमा गएका आर्मी दुई महिनाअघि फर्किंदा ८ करोड ६४ लाख रुपैयाँबराबारको.....

ग्लोबल आइएमई बैङ्कद्वारा कम्प्युटर सहयोग

ग्लोबल आइएमई बैङ्कद्वारा कम्प्युटर सहयोग

१८ आश्विन २०७५, बिहीबार १७:५३

ग्लोबल आइएमई बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँई कुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले यही असोज १८ गते ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा.....

हिमाल नाघेर भित्रिन थाले चरा

हिमाल नाघेर भित्रिन थाले चरा

१८ आश्विन २०७५, बिहीबार १५:४३

जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम सुरु भएको हो । उत्तरी गोलार्द्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा हेमसागर बरालले जानकारी.....

हवाई उडान सुरु

हवाई उडान सुरु

१८ आश्विन २०७५, बिहीबार १५:१८

बन्द भएको करिब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको भोजपुर – काठमाडौँ हवाई उडान सुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो । जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा सुरु गरेको छ । हवाई सेवा.....

कृषकको पहिचानका लागि वर्गीकरण

कृषकको पहिचानका लागि वर्गीकरण

१८ आश्विन २०७५, बिहीबार १५:१३

गण्डकी प्रदेश सरकारले वास्तविक कृषकको पहिचानका लागि वर्गीकरण सुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार गरी त्यसैका माध्यमबाट यहाँका ११ अाेटै जिल्लाका प्रत्येक वडामा कृषक वर्गीकरण गर्न लागेको हो । मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठका.....

वृद्धि गरिएको शुल्क नलिन आदेश

वृद्धि गरिएको शुल्क नलिन आदेश

१८ आश्विन २०७५, बिहीबार १४:२०

इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । विराटनगर उच्च अदालत इजलास इलामले चालू शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन बुधबार फैसला गरेको अदालतका उपरजिष्ट्रार.....

फेकोफनको अध्यक्षमा पाठक

फेकोफनको अध्यक्षमा पाठक

१८ आश्विन २०७५, बिहीबार ११:५२

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित भएकी छन् । यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित भएकी हुन् । पाठक यसअघि कार्यसमितिको महासचिव थिइन् । कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा.....

चिकित्सक अभावमा सेवा प्रभावित

चिकित्सक अभावमा सेवा प्रभावित

१८ आश्विन २०७५, बिहीबार ११:१८

दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विमलेस गुप्ताले बताए । अहिले डा गुप्ताले मात्रै अस्पताल धान्नुपरेको.....