११ केभी प्रसारण लाइनको मर्मत सम्भारका कारण ठमेल लगायतका क्षेत्रमा शनिवार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति.....
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । त्यस्तै.....
उच्चस्तरीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । विहान ९ बजे हिमालयन एयलान्सबाट ११९ सदस्यीइ भ्रमण टोलीसहित चीन भ्रमणमा उडेका हुन । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन्.....
आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन्। विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्नेछन । आइएमई लिमिटेड एवम्आइएमई पेका आधिकारिक फेसबुक पेज र आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था.....
नेपाल इन्भेष्टमेन्ट बैङ्क लि.ले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा आफ्नो ७२औं शाखा विस्तार गरेको छ । १२ हजारभन्दा बढी जनसङ्ख्या रहेको प्रदेश ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैङ्किङ.....
चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान सुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी.....
केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले विद्युत् चोरी गर्ने व्यक्तिको विवरण सङ्कलन गरी पठाउन आग्रह गरेपछि देशैभरिबाट स्थानीय प्रशासन र प्राधिकरणका शाखा कार्यालयको समन्वयमा पक्राउ गर्न थालिएको छ । शुक्रबार मात्रै काभ्रे र सप्तरीमा दुई वडाध्यक्ष समेतलाई प्रहरीले पक्राउ गरेको थियो । काभ्रेबाट विद्युत्.....
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा यहाँका एक युवाले आफ्नो जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागी खर्चिएका छन । नेपाल विद्यार्थी संघका सह–महामन्त्री.....
विद्युत चोरीका संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर५का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृह मन्त्री.....
प्रहरीले मध्यपुरथिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपाङ्ग्र्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै.....