पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै धनुषा, जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल.....
महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर.....
विद्युत्सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुईवटा वडा विगत नौ दिनदेखि अन्धकारमय बनेका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ (साविकको हाङ्देवा र फुरुम्बु गाविस) अन्धकारमय बनेका हुन्.....
विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका ललितपुर गिम्दी ८ घर भएका वर्ष ३८ का अशोक लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले बताएका छन् । विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका लामालाई महानगरीय अपराध.....
दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य सुरु गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य सुरु.....
सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा अढार्इ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका.....
पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्यान्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा.....
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी सङ्घले आइतबार दिउँसो सिठी जुलुस प्रदर्शन गरेको छ । नेविसङ्घका अध्यक्ष नैनसिंह महरसहित नेताहरुको सहभागितामा विश्वभाषा क्याम्पसबाट निस्किएको सिठी जुलुस पुतलीसडक, कमलादी, त्रिचन्द्र क्याम्पस हुँदै भृकुटीमण्डप नजिकै पुगेर कोणसभामा परिणत भएको.....
भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण अझै हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जेठ १५ गतेदेखि नै पुनःनिर्माण सुरु गर्ने घोषणा गरेका थिए । सस्कृती मन्त्री अधिकारीले जेठ १५ बाट पुनःनिर्माण सुरु गर्ने घोषणा गरेपनि हालसम्म रानीपोखरी पुनःनिर्माणको डिजाइन.....
बागलुङको जैमिनि नगरपालिका ७ जैदीका एक वडा सदस्यले नगरपालिकाबाट प्राप्त भत्ता विद्यार्थीलाई सहयोग गरेका छन् । वडा सदस्य केन्द्र रसाइलीले जैदीको बझिनीमा अवस्थित जनता बाल साक्षरता प्राविका विद्यार्थीलाई एक वर्षको लागि पुग्ने शैक्षिक सामग्री सहयोग गरेका थिए । जैमिनि नगरपालिकाबाट एक वर्षसम्म पाएको भत्तामा.....