समाचार


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२९ चैत्र २०७४, बिहीबार १४:२७

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । धादिङको धुनीबेसी नगरपालिकाबाट महादेवबेसीतर्फ जाँदै गरेको.....

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

२९ चैत्र २०७४, बिहीबार १४:०४

लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा.....

हेमजामा आलु महोत्सव

हेमजामा आलु महोत्सव

२९ चैत्र २०७४, बिहीबार ११:५६

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवमा बुधबार सातौँ दिनसम्म करिब ८० लाख रूपैयाँबराबरको आलुको कारोबार भएको छ । महोत्सव ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारका स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको.....

बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुसी

बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुसी

२९ चैत्र २०७४, बिहीबार १०:३०

पाल्पाकाे पूर्वखोला गाउँपालिका–२, जल्पामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु खुसी भएका छन् । यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरु चिन्तित बन्दै आएका.....

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

२८ चैत्र २०७४, बुधबार १७:१४

घोराही उपमहानगरपालिका–६ सौडियारका कृषक यतिखेर व्यावसायिक रुपमा घाँसको बीउ उत्पादनतर्फ लागेका छन् । सो वडाका १ सय ५० परिवारले सहकारी गठन गरी बर्सिम जातको घाँसको बीउ उत्पादन गरिरहेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार यहाँका किसानले उत्पादन गरेको घाँसको बीउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेटमार्फत.....

पाँच हजारले कला प्रदर्शनीको अवलोकन गरे

पाँच हजारले कला प्रदर्शनीको अवलोकन गरे

२८ चैत्र २०७४, बुधबार १७:०८

सिर्जनात्मक महिला समूहले आयोजना गरेको भर्टिकल पेस नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा करीब पाँच हजार दर्शकले अवलोकन गरेका छन् । यही चैत २४ गतदेखि मङ्गलबार साँझसम्म नेपाल कला परिषदमा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, मेक्सिको, फ्रान्स, अफ्रिका र सिङ्गापुरका ३६ कलाकारका ५६ चित्र.....

नेपाली हाते कागजबाट मनग्य आम्दानी

नेपाली हाते कागजबाट मनग्य आम्दानी

२८ चैत्र २०७४, बुधबार १६:५३

फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताइन् । घाम लागेको.....

कतार एयरवेजलाई ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८

कतार एयरवेजलाई ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८

२८ चैत्र २०७४, बुधबार १५:०५

कतार एयरवेजलाई बहुप्रतिष्ठित ट्रिप एडभाइजर ट्राभेलर्स च्वाइस अवार्ड–२०१८ का ’वल्र्ड बेस्ट बिजनेस क्लास’, ’बेस्ट बिजनेस क्लासः मिडल ईस्ट’ तथा ’वल्र्ड टप टेन एयरलाइन’ को विधामा नामाङ्कन गरिएको छ । एयरवेजले ’एयरलाइनः मिडल ईस्ट’ तथा ’इकोनोमी क्लासः मिडल ईस्ट’ यसअघि नै पाएको छ । कतार एयरवेज समूहका मुख्य.....

प्रधानमन्त्रीले गरे तामाकोसीको स्थलगत निरीक्षण

प्रधानमन्त्रीले गरे तामाकोसीको स्थलगत निरीक्षण

२८ चैत्र २०७४, बुधबार १३:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले आयोजना समयमै सक्नेगरी काम गर्न निर्देशन दिएका हुन् । ‘यसले काम गर्दैन, उसले काम गरेन भन्दा पनि सबैले गर्नुपर्छ,’ ओलीले भने, ‘समयमै आयोजनाको काम सम्पन्न हुनुपर्छ ।’ उनले भारतीय.....

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

२८ चैत्र २०७४, बुधबार १२:०४

वर्षासँगै परेको चट्याङका कारण मङ्गलबार राति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा.....