नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४.....
युवाको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ रेस्टुराँ सञ्चालन गरिएको छ । विजय क्षेत्रीसहितका युवाले करीब ८२ लाखको लगानीमा सो रेस्टुराँ सुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताए.....
बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० अाेटटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा.....
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताएका छन् । विराटनगरमा चारतारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा.....
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । कर्णाली प्रदेशको मुगुमा रहेको रारा ताल बाट देशबासीको नाममा आज सम्बोद्धन गर्दै प्रधानमन्त्री ओलीले विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता.....
सूचना तथा सञ्चार मन्त्रालयले सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने भनेर भएको प्रचारप्रति ध्यानाकर्षण गर्दैै सरकारले फेसबुक बन्द गर्ने त्यस्तो कुनै निर्णय नगरेको जनाएको छ । केहि दिन यता फेसबुकमा सरकारले नयाँ बर्षदेखि फेसबुक बन्द गर्ने निर्णय गरेको भन्दै अफवाह फैलाउने पोष्ट भैरहेको थियो.....
दुई किलो अवैध सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा दुबईबाट ल्याइएको सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन् । विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरुको.....
नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि सुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को.....
तालैतालको सहर पोखरामा पानीमा मनोरञ्जन लिने वाटर पार्क ‘बिग स्प्लास’ बिहीबारदेखि सञ्चालनमा आएको छ । आर्य दि रिसोर्ट एन्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो । प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क.....
रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपु फेदीमा सहिदद्वय गणेशकुमार श्रेष्ठ र उज्जन श्रेष्ठको शालिक तोडफोड गर्ने दोषीलाई कारवाही गर्न गणेश उज्जन स्मृति प्रतिष्ठानले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिष्ठानकी अध्यक्ष साबित्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी घटनाको छानबिन र दोषीमाथि कारवाहीको.....