सिन्डिकेटधारी ट्रक व्यवसायी र महासङ्घका पदाधिकारीको बैङ्क खाता रोक्का

महासङ्घले ट्रक तथा कन्टेनर सञ्चालनका लागि टोकन उपलब्ध गराउने र त्यसबापत २ सय रुपैयाँ शुल्क लिने, आफूखुसी ट्रक तथा कन्टेनरको भाडा तय गर्ने, महासङ्घले राखेको काटामा सामान जोख्नुपर्नेलगायत सिन्डिकेट लगाउँदै आएपछि सरकारले उनीहरुको बैङ्क खाता रोक्का गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

सरकारले मनलाग्दी भाडा असुलेर सिन्डिकेट लगाउँदै आएका ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घका पदाधिकारी र व्यवसायीको बैङ्क खाता रोक्का गरेको छ ।

महासङ्घले ट्रक तथा कन्टेनर सञ्चालनका लागि टोकन उपलब्ध गराउने र त्यसबापत २ सय रुपैयाँ शुल्क लिने, आफूखुसी ट्रक तथा कन्टेनरको भाडा तय गर्ने, महासङ्घले राखेको काटामा सामान जोख्नुपर्नेलगायत सिन्डिकेट लगाउँदै आएपछि सरकारले उनीहरुको बैङ्क खाता रोक्का गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

सार्वजनिक यातायातमाथि आक्रमक बनेको सरकारले ट्रक व्यवसायीको पनि खाता रोक्का गरेको हो । सिन्डिकेट लगाउने ट्रक व्यवसायी तथा अध्यक्ष अर्जुन रानाभाटको खाता रोक्का गरेको भट्टराईले जानकारी दिए । महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले अबउप्रान्त सिन्डिकेट नगर्ने भन्दै सरकारसमक्ष सम्झौता समेत गरेको भए पनि टोकन लिनुपर्ने, क्यूमा बस्नुपर्ने, बैज्ञानिक भाडादर लागू नगर्ने, काटा प्रयोग गर्दै आएका छन् ।

सरकारले यस अघिनै सार्वजनिक यातायात व्यवसायीलाई घोडा टेकाएसँगै दोस्रो फेजमा ट्रकवाला व्यवसायीको सिन्डिकेट सिध्याउने बताएको थियो ।

सार्वजनिक यातायात व्यवसायीको जस्तै ट्रक व्यवसायीको सिन्डिकेट तोड्ने प्रक्रिया अनुरुप ट्रकवाला व्यवसायीहरुको खाता रोक्का गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए । ‘ट्रक व्यवसायीको सिन्डिकेट तोड्न हामी सेलाएका छैनौं’ उनले भने, ‘प्रक्रिया सुरु भएको छ । ट्रक व्यवसायीको खाता रोक्का भइसकेको छ । सिन्डिकेट गर्दैनौ भनेर सही गराइसकिएको छ ।’

पश्चिमाञ्चल ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घ टिकाराम गौतमले हाल कुनै पनि शुल्क नलिएको बताए । ‘टोकन पनि बाडिएको छैन्,’ उनले भने, ‘अहिले आपूmखसी ट्रक सञ्चालन भइरहेका छन् ।’टोकन, काटाबाट करोडौं रुपैयाँ उठाउने अनि त्यसको कर तिर्न पर्दैन ? भन्ने प्रश्नमा गौतमले कुनै जवाफ दिन चाहेनन् ।

औद्योगिक नगरीमा सञ्चालन हुने ट्रक तथा कन्टेनरले मनलाग्दी भाडा तय गरेर व्यवसायीलाई हैरान पारेका छन् । सबै ट्रकवाला एकजुट हुने र बिनाआधार जथाभावी मूल्य निर्धारण गर्दा व्यवसायी मर्कामा परेका छन् ।

ट्रक व्यवसायीले यतिसम्म सिन्डिकेट लादेका छन् कि लोड गरेर आएको ट्रकमा के कति सामान छ भनेर जोख्नका लागि बाटो–बाटोमा काटा राखेका छन् ।

सरकार सिन्डिकेटविरुद्ध आक्रामक बन्दै गएपछि ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घले ट्रकको भाडा २६ हजार रुपैयाँबाट २१ हजारमा ल्याएका छन् । त्यसैगरी, यसअघि क्युमा बसेर टोकन लिनुपर्ने बाध्यता हटे पनि टोकन लिनुपर्छ ।

ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रानाभाट सहितका व्यवसायीहरु र सरकारबीच सिन्डिकेट नगर्ने सहमति गरेको भट्टराइले जानकारी दिए । ‘भाडामा ट्रकहरुमा भएको सिन्डिकेटलाई जोडतोडका साथ अन्त्य गर्न लागि परेका छौ ।’ उनले भने, ‘यसका लागि ट्रक व्यवसायीले लिखित सहमति गरेका छन ।’ उनका अनुसार कुनैपनि ट्रक व्यवसायीले आफुखुसी मूल्य निर्धारण गरेको पाए तत्काल पक्राउ गरी कारबाही गरिने बताए ।