गत माघसम्म एक करोड ६ लाख ९० हजार तीन सय ८४ जना ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता थिए । फागुनमा त्यो सङ्ख्या बढेर एक करोड ३३ लाख ७८ हजार पुगेकाे छ । यो सङ्ख्या फागुनको तुलनामा २६ लाख ८७ हजार ६ सय १६ जनाले बढी हो । हालसम्म नेपालमा एक करोड ३३ लाख ७८ हजार ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता छन् ।
एक महिनामै २६ लाख ८७ हजार ६ सय १६ जना ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको ८ महिनामै उक्त सङ्ख्यामा इन्टरनेट प्रयोगकर्ता थपिएका हुन् ।
प्राधिकरणका अनुसार गत माघसम्म एक करोड ६ लाख ९० हजार तीन सय ८४ जना ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता थिए । फागुनमा त्यो सङ्ख्या बढेर एक करोड ३३ लाख ७८ हजार पुगेकाे छ । यो सङ्ख्या फागुनको तुलनामा २६ लाख ८७ हजार ६ सय १६ जनाले बढी हो । हालसम्म नेपालमा एक करोड ३३ लाख ७८ हजार ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता छन् ।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अहिले देशभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार कार्य चलिरहेकोले पनि उक्त सङ्ख्यामा इन्टरनेट प्रयोगकर्ता बढेको बताए । उनका अनुसार अहिले प्राधिकरणले देशैभरका सरकारी कार्यालय, विभिन्न गाउँपालिका, नगरपालिका, शैक्षिक संस्थालगायत अन्य स्थानमा पनि ब्रोडब्यान्ड इन्टरनेट जोड्ने कार्य भएकाले पनि नेपालमा इन्टरनेटको पहुँच वृद्धि भएको जानकारी दिए ।
नेपालका कुल ब्रोडब्यान्ड इन्टरनेटमध्ये ऐनसेलले सबैभन्दा बढी हिस्सा ओगटेको छ । त्यस्तैगरी सरकारी स्वामित्वको टेलिकम दोस्रो स्थानमा छ ।
ऐनसेलका अहिलेसम्म ५८ लाख ४० हजार तीन सय ३२ प्रयोगकर्ता छन् भने टेलिकमका ५५ लाख ८४ हजार सात सय ६६ जना इन्टरनेट प्रयोगकर्ता छन् । त्यस्तै युनाइटेड टेलिकमका ६३ हजार दुई सय तीन सेवाग्राही छन् । स्मार्ट टेलिकम प्रालिका १४ हजार पाँच सय ३० र इन्टरनेट सर्भिस प्रोभाइडर आईएसपीएसका १८ लाख ७५ हजार एक सय ६९ सेवाग्राहि रहेका छन् ।
अहिले एनसेल र नेपाल टेलिकमको फोरजी सेवामा होडबाजी चलिरहेको छ । टेलिकमले अहिलेसम्म दुई सहरमा मात्र फोरजी सेवा दिइरहेकोमा टेलिकमभन्दा पछि फोरजी सेवा सुरु गरेको एनसेलले २१ अाेटा सहरमा सेवा दिइरहेको छ । टेलिकमले अहिलेसम्म पाँच लाख ४७ हजार पाँच सय आठ प्रयोगकर्ता रहेकोमा एनसेलका ८ लाख ५७ हजार दुई सय ९१ छन् । तीमध्य फिक्सड लाइन मार्फत २६ लाख चार हजार ९७ जनाले सेवा लिइरहेका छन् ।