‘अब २४ ओटा नयाँ बस सञ्चालनका तयारीमा छौँ,’ उनले भने, ‘आगामी जेठ पहिलो साताबाट उपत्यकाभर मयूरका ३७ र ४२ सिट क्षमताका बस सञ्चालनमा ल्याउछौँ ।’ उनका अनुसार अहिले सञ्चालनमा आउने २४ बसहरुमा रङरोगन हुँदैछन् ।
उपत्यकाभित्र मयूर यातायातले २४ नयाँ बस सञ्चालन गर्ने भएको छ । यी नयाँ थपिएका बसहरु आउँदो जेठ पहिलो सातादेखि उपत्यकामा सञ्चालन हुने मयूर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
‘अब २४ ओटा नयाँ बस सञ्चालनका तयारीमा छौँ,’ उनले भने, ‘आगामी जेठ पहिलो साताबाट उपत्यकाभर मयूरका ३७ र ४२ सिट क्षमताका बस सञ्चालनमा ल्याउछौँ ।’ उनका अनुसार अहिले सञ्चालनमा आउने २४ बसहरुमा रङरोगन हुँदैछन् ।
बसहरुको खरिद मूल्य भुक्तानी भइसकेको उनले बताए । ‘४२ सिट क्षमता भएका बस ५२ लाखमा र ३७ सिट भएका बस ४४ लाख रुपैँयामा खरिद गरेका हौँ,’ श्रेष्ठले भने, ‘यसपछि थप ४५ ओटा बस सञ्चालन गर्ने योजना छ ।’
नयाँ बसहरू चत्क्रपथ, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की, थानकोट रुटमा चल्नेछन् । अहिले मयूर यातायातका २४ ओटा बसले उपत्यकावासीलाई सेवा दिइरहेका छन् ।
श्रेष्ठका अनुसार अबको केही महिनाभित्र उपत्यकामा मात्र नभई राजधानी बाहिर पनि मयूर यातायात सञ्चालन हुनेछन् । ‘अबको केही महिनाभित्र काठमाडौंदेखि खुर्कोट, रामेछाप, ओखल्ढुङगा आदि ठाउँहरुमा पनि सेवा दिन लागेका छौं,’ उनले भने ।
सिन्डिकेटको ठूलो बन्धन तोड्दै मयूर यातायात अहिले उपत्यकाका यात्रुहरुलाई सेवा दिइरहेको छ । अहिले रत्नपार्कदेखि बानेश्वर, कोटेश्वर हुँदै बनेपा धुलिखेलसम्म मयूर यातायातका बस चल्छन् । कम्पनीले अशक्त तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलार्इ निशुल्क सेवा दिने गर्छ ।