दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म टेलिकम प्रयोग गर्नेको सङ्ख्या एक करोड ९१ लाख १३ हजार सात सय ७६ पुगेको छ ।
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का प्रयोगकर्ता दुई करोड हाराहारीमा पुगेका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म टेलिकम प्रयोग गर्नेको सङ्ख्या एक करोड ९१ लाख १३ हजार सात सय ७६ पुगेको छ ।
प्राधिकरणका अनुसार गत माघ महिनाको तुलनामा फागुनमा टेलिकमका एक लाख ७० हजार सात सय २२ जना प्रयोगकर्ता बढेका छन् । माघमा टेलिकमका प्रयोगकर्ता एक करोड ८९ लाख ४३ हजार ५४ थिए भने फागुनमा एक करोड ९१ लाख १३ हजार सात सय ७६ पुगेका छन् ।
टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले ग्राहकको माग र रुचिअनुसार टेलिकमले विभिन्न सेवा, सुविधा तथा अफर दिँदै आएकाले पनि यसको प्रयोग गर्नेको सङ्ख्या बढेको बताइन् ।
टेलिकमले अहिले मोबाइल क्रेडिट सेवा, इन्टरनेट प्याक आदि विभिन्न सेवा थपेकाले पनि टेलिकमप्रति सेवाग्राहीको मन तानिएकोे उनको भनाइ छ ।
‘अहिले टेलिकमले प्रोजेक्ट अनुसारको काम द्रुत गतिमा अगाडि बढइरहेको छ भने नेटवर्किङको कामले पनि नयाँ स्वरुप लिएको छ,’ उनले भनिन् ।’
अहिले टेलिकमको मोबाइल भ्वाइसकल सेवा लिनेको सङ्ख्या एक करोड ८३ लाख ६ हजार दुई सय २३ पुगेको प्राधिकरणले जानकारी दिएको छ । जसमध्ये जीएसएमका एक करोड ६७ लाख ४८ हजार नौ सय ३६ र सीडीएमएका १५ लाख ५७ हजार दुई सय ८८ जना सेवाग्राही पुगेका छन् ।
त्यस्तै फिक्सड् लाइन सेवा लिने ग्राहक आठ लाख ६ हजार नौ सय ७२ जना पुगेका छन् । तीमध्ये पीएसटीएन ल्यान्डलाइनका ६ लाख ८५ हजार ६ सय ७४ र वायेरलेसका एक लाख २१ हजार दुई सय ९८ जना सेवाग्राही छन् । भिस्याटमार्फत् भने ५ सय ८१ प्रयोगकर्ताले सेवा लिइरहेको प्राधिकरणको तथ्याङ्कमा छ ।
इन्टरनेट प्रयोगकर्ता पनि बढे
नेपालमा टेलिकमको इन्टरनेट प्रयोगकर्ता बनि बढेका छन् । यो एक महिनाको अवधिमा टेलिकमको इन्टरनेट प्रयोग गर्नेको सङख्या दस लाख १५ हजार चार सय ८७ ले बढेको छ । गत माघमा ४५ लाख ६९ हजार दुई सय ७९ थिए भने फागुनमा टेलिकम मार्फत इन्टरनेट प्रयोग गर्नेको सङख्या बढेर ५५ लाख ८४ हजार सात सय ६६ जना पुगेका छन् ।